पाकिस्तानको पूर्वी क्षेत्र पञ्जाब प्रान्तको रहिम यारखान जिल्लामा सोमबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको पाकिस्तानी अधिकारीले बताएका छन् । सोमबार बिहान ६ बजेतिर एक ट्रकलाई उछिन्दै अगाडि बढ्ने क्रममा विपरित दिशाबाट आएको एक अर्को बससँग ठोक्किँदा भएको सडक दुर्घटनामा ३० जनाको मृत्यु भएको छ भने कम्तिमा ५० जना घाइते भएका, प्रहरीले बताएको छ ।
पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको तत्काल छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाउन स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री सरीफले मृतकको आत्माको शान्तिका लागि प्रार्थना गर्नुभएको छ । उहाँले घाइतेजनलाई स्तरीय उपचारको बन्दोबस्त मिलाउनसमेत सथानीय प्रशासनलाई निर्देशन दिनुभएको बताइएको छ ।
No comments:
Post a Comment