watch first and then search
watch first and then search
Monday, October 17, 2016
अमेरिकी प्रवेशाज्ञाका लागि तस्बिरमा चस्मा लगाउन नपाइने
अमेरिकी राहदानी तथा प्रवेशाज्ञाका लागि तस्बिर खिचाउँदा चस्मा अनिवार्य रुपमा फुकाल्नुपर्ने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । सो प्रावधान यही कात्तिक १६ (नोभेम्बर १) बाट लागू हुने अमेरिकी राजदूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा अमेरिकी राहदानी तथा प्रवेशाज्ञाका लागि तस्बिर खिचाउँदा हालै शल्यक्रिया गरी आँखाको सुरक्षाका लागि चस्मा लगाउनैपर्नेजस्ता विशेष स्वास्थ्य अवस्थामा मात्रै चस्मा लगाउन पाइने उल्लेख छ ।
दूतावासले स्वास्थ्यका कारण चस्मा लगाउनैपर्ने आवेदकले आफ्नो आवेदनका साथ शल्य चिकित्सक वा आँखा रोग विशेषज्ञको हस्ताक्षर भएको पत्र पेस गर्नुपर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment