watch first and then search

watch first and then search

Monday, October 17, 2016

संशोधनको औचित्य पुष्टि गर्नुपर्छ– भट्टराई



धादिङ, कात्तिक । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले सरकारले संविधान संशोधन गर्नुपर्ने औचित्य पुष्टि गर्नुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल धादिङले आज यहाँ गरेको पत्रकार सम्मेलनमा उहाँले नब्बे प्रतिशतभन्दा बढी सांसदको हस्ताक्षरबाट जारी संविधान किन संशोधन गर्नुप¥यो भनी प्रतिप्रश्न गर्नुभयो ।

संविधान संशोधन गर्नुपर्ने औचित्य सरकारले पुष्टि गरे आफ्नो पार्टी त्यसको बाधक नबने स्पष्ट पार्दै उहाँले भन्नुभयो, “संविधान गतिशील दस्तावेज हो, आवश्यकताअनुसार त्यसमा संशोधन गर्दै जाने हो । बिनाऔचित्य संशोधन गर्न खोजिए एमाले त्यसमा सहमत हुँदैन ।”

विसं २०७४ माघ ७ गतेभित्र तीन तहको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि अहिलेसम्म निर्वाचनको जगसम्म तयार नहुनाले संविधान कार्यान्वयन जटिल बन्दै गएको उहाँको भनाइ थियो ।

No comments:

Post a Comment

watch first and then search