watch first and then search

watch first and then search

Friday, October 21, 2016

ठूला भनिने नेताहरु अव के चाहन्छन् त निलम्बित अख्तियार प्रमुख लोकमानसिहं कार्कीबाट ?






काठमाडौं, ५ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्तापछि शुरु भएको राजनीतिक भूकम्पको असर के हुने अहिले नै यकिन गर्न कठिन छ । तर, प्रमुख राजनीतिक दलका नेताहरु भने आफुहरु र लोकमान दुवैको ‘फेससेभिङ’ को विकल्पको खोजीमा जुटेका छन् ।

राजनीतिक उच्च सूत्रका अनुसार महाअभियोगको प्रस्तावमार्फत लोकमानमाथि दवाव बनाइएको र अव उनले राजीनामा दिदा राम्रो हुने विकल्पमा प्रमुख दलका नेताहरु रहेका छन् । ‘महाअभियोग दर्तासँगै निलम्वनमा परेका कार्कीले राजीनामा दिए हुन्थ्यो भने प्रमुख दलका ठूला नेताको चाहना देखिन्छ ।’ महाअभियोग प्रस्ताव प्रक्रियामा सक्रिय एक नेताले रातोपाटीसँग भने, ‘दलका नेताहरु यही विषयमा छलफलमा लागेजस्तो देखिन्छ । ती नेताहरुले काकीसँग पनि यो विषयमा कुरा गर्न सक्छन् । नेताहरु मतदानमा जान नपरे हुन्थ्यो भन्नेमा छन् ।’

दलहरु कार्कीको कार्यशैलीबाट सन्तुष्ट देखिएका छैनन् । तर, महाअभियोग प्रक्रिया अगाडि बढाउने विषयमा उनीहरुवीच एकरुपता भने छैन । ती नेताका अनुसार कार्कीले राजीनामा दिए भने उनलाई महाअभियोगबाट हटाउनुपर्ने बाध्यताबाट दलहरु मुक्त हुनेछन् । कार्कीलाई महाअभियोगबाट हटाउन एमाले आक्रमक देखिएपनि काँग्रेस र माओवादी एमालेकै तहमा पुगेका छैनन् । यद्यपी माओवादी केन्द र एमालेका १५७ सांसदले हस्ताक्षर गरी प्रमुख आयुक्त कार्कीविरुद्ध व्यवस्थापिका–संसद् सचिवालयलाई महाअभियोग प्रस्ताव बुझाएका थिए ।

संवैधानिक प्रावधानअनुसार महाअभियोग दर्ताका लागि आवश्यक पर्ने कम्तीमा एक चौथाई सांसदको सङ्ख्या पुर्याएर प्रस्ताव अघि बढाइएको थियो । माओवादीले काँग्रेससँग छलफल गरेर अगाडि बढने बताएको छ ।

उता काँग्रेसको केन्द्रीय कार्यसमिति वैठक दुई दिन जारी छ । पहिलो दिनको वैठकमा अचानक महाअभियोग प्रस्ताव अगाडि बढाइएको भन्दै काँग्रेसले असन्तुष्टि जनाएको थियो । वैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीसँग छलफल नै नगरी एकलौटी ढङ्गले अख्तियारका प्रमुख आयुक्तविरुद्ध महाअभियोग प्रस्ताव ल्याइएको भन्दै यसबारे सबै सदस्यको धारणा मागेर अन्तिम निर्णय लिने बताएका थिए ।

बडुका अनुसार सभापति देउवाले भनेका थिए, ‘छलफलसहित प्रस्ताव आउनुपथ्र्यो । अब यो बिषय अदालतमा प्रवेश भएको छ, सार्वभौम संसदमा पनि दर्ता भएको छ, तर यसमा काँग्रेसले उहाँ (कार्की)लाई सपोर्ट गरिरहेको छ भन्ने ढङ्गले बुझनु हुँदैन, यो प्रक्रियामा काँग्रेस सहभागी हुने नै भएकाले कार्की विरुद्धको आरोपको सत्यता बुझेर पार्टीले आफ्नो धारणा बनाउँछ ।

उता आइतवारसम्मका लागि संसद वैठक स्थगित भएको छ । महाअभियोग प्रस्तावका विषयमा दलहरुवीच छलफलका लागि भन्दै संसद वैठक स्थगित भएको हो । यही समयमा उपयुक्त विकल्प खोज्ने विषयमा शीर्ष नेताहरुवीच छलफल भैरहेको स्रोतको भनाई छ । महाअभियोग प्रस्तावको विषयमा आबश्यक छलफलका लागि सभामुख ओनसरी घत्र्ती र एमाले अध्यक्ष केपी ओलीले बंगलादेशको भ्रमण रद्द गरेका छन् ।

No comments:

Post a Comment

watch first and then search