watch first and then search

watch first and then search

Sunday, October 16, 2016

सरकारले अस्थायी शिक्षकलाई हटाई आफ्ना मान्छे ‘भर्ती’ गर्न खोजेको आरोप



काठमाडौँ, ३० असोज । अस्थायी शिक्षक सङ्घर्ष समितिले सरकारले अस्थायी शिक्षकलाई हटाई उनीहरुको ठाउँमा आफ्ना मान्छे ‘भर्ती’ गर्न खोजेको आरोप लगाएको छ ।



समितिका अध्यक्ष निरेन्द्र कुँवरले आज राससलाई भन्नुभयो, “शिक्षा मन्त्रालय र शिक्षा विभागले अस्थायी शिक्षकलाई हटाउने षड्यन्त्र गरिरहेका छन् ।”

आठौँ संशोधित शिक्षा ऐनले अस्थायी शिक्षकलाई ‘गोल्डेन हेन्डसेक’ ९अवकाश० र स्थायीका लागि परीक्षा दिने दुई विकल्प दिएको छ । यदि स्थायीका लागि दिने परीक्षामा असफल भए उनीहरुले खाली हात बिदा हुनुपर्ने प्रावधान रहेको छ । लिखित परीक्षाअगावै ‘गोल्डेन हेन्डसेक’ चाहने शिक्षकले त्यसका लागि आवेदन दिइसक्नुपर्नेछ ।

अध्यक्ष कुँवरले लिखित परीक्षामा असफल शिक्षकले समेत हाल अध्ययन गराइरहेको विद्यालयमा अध्ययन गराउन पाउनुपर्ने माग राख्दै भन्नुभयो, “परीक्षा उत्तीर्ण हुने शिक्षकको पदावधि अस्थायी नियुक्ति भएकै मितिदेखिको गणना हुनुपर्छ ।”

संशोधित ऐनमा यसरी परीक्षामा उत्तीर्ण हुने शिक्षकले सेवा निवृत्तिभरण पाउनका लागि बढीमा सात वर्ष अध्यापन गराउनुपर्ने प्रावधान थप गर्न समितिले माग गरेको छ ।

समितिले यही कात्तिक २, ४, र ५ गते प्रधानमन्त्री निवासमा धर्ना, उपत्यकाका सामुदायिक विद्यालयमा पठनपाठन बन्द गर्ने र अनशन लगायतका कार्यक्रम पनि तय गरेको छ ।

No comments:

Post a Comment

watch first and then search