watch first and then search

watch first and then search

Sunday, October 16, 2016

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ



मोरङ प्रहरीले १२ जनालाई विराटनगरबाट जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । जुवातास नियन्त्रण गर्न मोरङ प्रहरीले स्थानीय तथा सम्बन्धितका आफन्तहरुलाई नै आव्हान गरेपछि विराटनगर वडा नं. ६ सम्झना चोकबाट ७ जना र विराटनगर वडा नं. १४ गुदरीबाट ५ जनालाई करिब ६६ हजार रुपैया र तास सहित पक्राउ गरेको हो ।

घर खर्च नदिने तर जुवातास खेलेर पैसा उडाउनेहरुलाई नियन्त्रण गर्न आफन्तले नै फोन गरेर जानकारी दिएपछि जुवातास नियन्त्रण हुदै गएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा विराटनगर वडा नं. ६ का वक्र बहादुर तामाङ, भैरव पराजुली, अर्जुन कार्की, केशव उपाध्याय, सुजित काफ्ले, जित बहादुर बस्नेत र सुनसरी बेलगछियाका काली प्रसाद थारु रहेका छन् । यसैगरी विराटनगर वडा नं. १४ का समन सहनी, मोहम्मद रिजवान, मोहम्मद सुमरानी, सोनी सहनी र रंजित सहनी रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा केही कर्मचारीहरु समेत रहेको बताइएको छ । उनीहरुलाई जुवा ऐन अनुसार कारवाही चलाइएको र जिल्ला अदालतले ३ तीन दिन म्याद थप गरेको मोरङका एसपी सन्दिप भण्डारीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

watch first and then search