watch first and then search

watch first and then search

Tuesday, October 18, 2016

रक्सीले मातेर श्रीमती र डेढ वर्षे नातिलाई खुकुरीले हान्ने व्यक्ति पक्राउ





तेह्रथुम,२ कात्तिक । रक्सीले मातेर श्रीमती र नातिलाई खुकुरी प्रहार गर्ने तेह्रथुमका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ओख्रे–४ का ५९ वर्षका पूर्ण तिगेलालाई श्रीमती गोमा लिम्बु र डेढ वर्षे नाति अनुप मादेनलाई खुकुरी प्रहार गरेको आरोपमा पक्राउ गरेको हो ।

तिगेलाले आइतबार बेलुका रक्सी खाएर श्रीमती र नातिलाई खुकुरी प्रहार गरेको भन्दै स्थानीय बासिन्दाले दिएको जाहेरीका आधारमा पूर्णलाई पक्राउ गरी अनुसन्धान थालिएको शुक्रबारे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पर्शुराम गिरीले जानकारी दिए ।खुकुरी प्रहारबाट घाइते भएकी तिगेलाकी श्रीमती र नातिलाई भने स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि घरैमा राखिएको छ ।

No comments:

Post a Comment

watch first and then search