watch first and then search

watch first and then search

Tuesday, October 18, 2016

पेरुका लागि नेपालका नवनियुक्त राजदूत भट्टराई द्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत



पेरुका लागि नेपालका नवनियुक्त राजदूत दुर्गा प्रसाद भट्टराईले पेरुका राष्ट्रपति पेड्रो पाब्लो कुचिन्सिकी गोडार्ड समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउनुभएको छ । पेरुको राष्ट्रपति निवासमा आयोजित एक विशेष समारोहमा भट्टराईले ओओदाको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।


समारोहमा राजदूत भट्टराईले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउनुभएको शुझकामना सन्देश हस्तान्तरण गर्नुभएको थियो । समारोहमा नेपालक प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट पठाइएको शुभकामना पत्र पनि प्रस्तुत गरिएको थियो । ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै पेरुका राष्ट्रपतिले राजदूतका रुपमा भट्टराइृकबो स्वागत गर्दै नेपालको शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका थिए । साथै, उनले नेपालको वर्तमान परिस्थितिबारे चासो राख्दै द्विपक्षीय हितका विषयमा मिलेर काम गर्न आफू थतयार रहेको बताएका थिए ।

राजदूत भट्टराईले पनि जलवायु परिवर्तन, संयुक्त राष्ट्रसंद्धको शान्ति स्थापना, पर्यटन लगायतका विषयमा मिलेर काम गर्ने आशा व्यक्त गर्नुभएको थियो । राष्ट्रपति कुचिन्सिकीले नेपालको हितमा काम गर्न सरकारले सहयोग गर्ने आश्वासन दिएका थिए । संयुक्त राष्ट्रसंद्धको स्थायी प्रतिनिधि रहनुभएका भट्टराई पेरुका लागि नेपाली राजदूतमा नियुक्त हुनुभएको हो ।

No comments:

Post a Comment

watch first and then search