काठमाडौं, २ कात्तिक । मौसम अनुसार खानपानमा पनि उतिकै ध्यानदिनु जरुरी हुन्छ । खास गरि चिसो मौसममा त झन खाने कुरामा विशेष ध्यान दियो भने शरीरको लागी निकै फाईदाजनक हुन्छ । चिसो मौसममा केहि फलफुल तथा तरकारी हाम्रो शरीरको लागी अति नै फाईदाजनक हुने गर्दछ ।
चिसो मौसममा सलगमको सेवनले शरीरमा आईरनको मात्रामा कमी हुदैन । साथै यसमा हुने भिटामिन र आईरनले शरीर लाई मजबुत बनाउछ । यसलाई सलादको रुपमा खन सकिन्छ । यो मौसममा पालकको साँग सेवन गर्नाले इंन्फेक्सन हुनबाट बचाउछ त्यसैगरि मुलाको सेवनले हाम्रो इम्यूनिटी पावर बढाउछ । गाजरको नियमित सेवनले हाम्रो शरीरलाई चाहिने भिटामिनको पूर्ति गर्दछ । जाडोयाममा सुन्तलाको सेवनले शरीरमा जुम्रासँग लडने शक्त्ति प्रदान गर्दछ ।
No comments:
Post a Comment