watch first and then search
watch first and then search
Tuesday, July 17, 2018
नेपालमै भित्रियो प्रति केजि ६ लाख पर्ने ट्रोफल : दिन थाल्यो फल ! के हो ट्रोफल ?….पुरा बिवरण हेरी सियर गर्दै जानुहोस्
काठमाडौ । युरोपियन देशहरुमा खेती गरिदै आएको ट्रोफल नेपालमा भित्रिएको छ । यो एउटा रुख हो । यसको हाँगामा फल फल्दछ भने जमिन मुनी जरामा ढुंसी फल लाग्छ । यही जमिनमुनी लागेको ढुंसी फल नै ट्रोफल हो । यसलाई सञ्जीवनी बुटी पनि मानिन्छ । युरोप तथा अमेरिकामा १ केजीको ५ लाखसम्म पर्छ । यसको खेती चिसोहावापानी मा गर्न सकिन्छ । नेपालमा यसको खेती भने अनुसन्धानमै रहेको छ । यो विरुवालाई नेपाल भित्राउने काम भने त्रिभुवन विश्वविद्यालय र जनकम्युनको सहकार्यमा नेपाल भित्रीएको हो । आज भन्दा ६ वर्ष अघि नेपाल भित्रिएको यस विरुवाले अहिले फल दिन थालेको छ । यसको खेती नेपालको पहाडी भु भागमा गर्न सकिन्छ । तथापी जव यस विरुवाको उत्पादन आउछ र बजार पाउँछ अनि भने बल्ल नेपालमा खेती सम्भाब्यता बारे प्रमाणित हुन्छ ।
राजकुमार रोका मगर
अहिले भने यसको ब्यावसायिक खेती भने नेपालमा कहि कतै भएको पाइदैन केवल २०० बोट बाहेक यसको खेती नेपालको पहाडी भुभागमा गर्न सके र यसको उत्पादन लिन सके नेपालीको भविश्य साच्चै नै उच्च राख्दछ । नेपाली पाखाहरु धेरै खाली तथा वाझा छन विश्वमा अत्यन्त महगां तथा महत्वपूर्ण बनस्पति हरु छन यीनको पहिचान र खेती गर्न सके नेपाल र नेपालीको भविश्व उज्वल देखिन्छ ।
लायत, फ्रान्स र स्पेनमा हुने बहुमूल्य ट्रोफल खेती रोल्पा जिल्लाको थवाङमा भइरहेको छ । ट्रोफल रूख भइकन पनि जमीनमुनि जरामा वास्नादार ढुंसी फल लाग्छ, जसलाई सञ्जीवनी बुटी मानिन्छ। यूरोप–अमेरिकामा एक किलो ट्रोफललाई रु ६ लाखसम्म पर्छ। त्रिभुवन विश्वविद्यालय र अजम्बरी जनकम्युनको सहकार्यमा ६ वर्ष अघि नेपाल भित्रिएको ट्रोफल थवाङमा राम्ररी हुर्किरहेको छ। रोपिएका ३०० बिरुवामध्ये २०० बोट फल्न थालेका छन्।
राजकुमार रोका मगर
शुरूदेखि नै ट्रोफल वगानको रेखदेख गरिरहेका राजकुमार रोका मगर (५९) ले अहिलेसम्मको अवस्थाले ट्रोफलको लागि रोल्पा उपयुक्त देखिएको बताए। “यहाँ सफल भयो भने चुनढुंगा भएका नेपालभरका पहाडमा यो हुन्छ भनेर बुझनुहोस्”, उनले भने। लगनशील, आशावादी र हँसमुख उनीसँगको भेटले थवाङसम्मको कठिन यात्रालाई रोचक बनाइदिन्छ। सदरमुकाम लिवाङबाट बर्खेझ्रीमा धवाङ, लाटावाङ, टुटु, मिरुलहुँदै दुई दिनमा थवाङ पुग्दासम्म कम्तीमा एक किलो जुकाले टोक्यो होला, तर राजकुमारले ठूलो आशा, धैर्य र विश्वासका साथ स्याहारिरहेको काम हेर्दा र कुरा सुन्दा यात्राको सारा कष्ट हरायो।
काठमाडौंका नीतिनिर्माता ग्रामीण क्षेत्रमा अहोरात्र खट्ने यस्ता ट्रोफलु हरूको कुरा सुन्नुपर्दा र्झ्कोफर्को गर्छन्। गत वर्ष उनीहरूको कुरा सुनाउन जाँदा यो पंक्तिकारले राष्ट्रिय योजना आयोगमा अपमानित–लज्जित हुनुपर्यो। हाम्रा नीतिनिर्माताको चाख ठूल्ठूला कुरामा छ, साना कृषक, कृषि उद्यमी तथा इन्नोभेटरहरूको मनोबल बढाउनेमा छैन। नत्र, कृषिमा योजनाबद्ध लगानी भएको यतिका वर्षमा हाम्रो अवस्था यस्तै हुने थिएन।
जानी राखौ, बिवाह गर्दा आफ्नो जिवान साथीमा खोज्नु पर्ने यी गुणहरु, जसले गर्दा तपाइको जीवन शुखमय हुन् सक्छ !
वैवाहिक बन्धनमा बाँधिनुलाई हाम्रो सँस्कृतिमा धेरै महत्वपूर्ण मानिन्छ । जुनीभरको लागि एक अर्काको सुख दुःखमा साथ दिइ सँगै बाँच्ने सँगै मर्ने कसम खानुलाई नै बिवाह भनिदै आएको छ । पश्चिमा सँस्कृतिमा विवाहको केहि समयपश्चात नै सम्बन्ध विच्छेद गर्ने, विवाह नै नगरि लिभिङ टुगेदरमा बसेर बच्चा जन्माउने जस्ता चलनलाई सामान्य मानिए पनि हाम्रो नेपाली समाजमा भने अझै पनि विवाहको विशेष महत्व रहेको छ । त्यसैले विवाहलाई हाम्रो जिन्दगीको सबैभन्दा महत्वपूर्ण निर्णय मानिन्छ । वैवाहिक सम्बन्ध सुमधुर बनाउन पतिपत्नी दुवैले समयसँगै आइपर्ने विभिन्न किसिमका परिक्षाहरु सँगसँगै पार गर्नुपर्ने हुन्छ ।
वैवाहिक जीवन सफल बनाउन तपाईले आफ्नो सम्बन्धलाई गम्भिरतापूर्वक सोचेर त्यसमा सहभागी हुनुपर्छ । यसो गरेमा तपाईहरुले एक अर्कालाई छिटै बुझ्न सक्नुहुन्छ । एक अर्कासँग तालमेल मिलाउनुलाई वैवाहिक सम्बन्धमा सबैभन्दा कठिन परिक्षा मानिन्छ । तर तपाईले केहि ससाना कुरामा ध्यान दिनुभयो भने यो कठिन काम पनि तपाईले सजिलै पुरा गर्न सक्नुहुन्छ । त्यस्तै विवाहमा नभइनहुने अर्को सबैभन्दा महत्वपूर्ण कुरा भरोसा हो । कुनै पनि सम्बन्ध टिकाउन वा टुटाउनमा यसको नै हात हुन्छ । वैवाहिक सम्बन्धको सुरुवातमा अगाडि बढ्दै जाँदा दुई जनाबीचमा कस्तो सम्बन्ध हुन्छ भन्ने तपाईलाई थाहा नहुन सक्छ तर, केहि समयको अन्तरालमै तपाईले पक्कै पनि यसको सहि अनुमान लगाउन सक्नुहुन्छ । त्यसैले आफ्नो सम्बन्धलाई सफल बनाउन धेरै मेहनत गर्नुपर्छ । वैवाहिक जीवन सफल र सुमधुर बनाउनको लागि जो कोहिलाई पनि असल जीवनसाथीको खाँचो हुन्छ । असल जीवनसाथी छान्न धेरैलाई दोधार हुने गर्छ र सबैले सहि निर्णय लिन सक्दैनन् ।
आफ्नो भावी पतिको बारेमा जानु पर्ने कुराहरु:-
तपाई कुनै पुरुषलाई आफ्नो जीवन साथी बनाउने बारेमा सोचिरहनुभएको छ भने विवाह पहिले उनीहरुको साथमा केहि समय बिताउनुहोस । यसले तपाईलाई उसको बारेमा बुझ्ने मौका मिल्छ र दुवैजना एकअर्काको लागि कति सहि हुनुहुन्छ भनेर तपाईले थाहा पाउन सक्नुहुन्छ । आफू र पार्टनरको बीचको कम्प्याटिबिलिटी थाहा पाउन विवाह भन्दा पहिला यी ४ काम गर्नुहोस् जसले तपाईलाई आफ्नो वैवाहिक जीवन कस्तो हुनेछ भन्ने थाहा हुन्छ ।
१) आफ्नो रिस देखाउने:-
रिस देखाउनुहोस भन्दा साँच्चै नै फेरि रिसाएर तपाईले आफ्नो सम्बन्ध नै तोड्ने त हैन नी । तर, जब कुरा विवाहको आउँछ त्यतिखेर थोरै रीस देखाएर तपाईले अगाडिको मानिसको प्रेम जित्न सक्नुहुन्छ । र तपाई एकपटक उसको अगाडि रिसाएर हेर्नुहोस् र तपाई धेरै आक्रोशपूर्ण महिला हो भन्ने जस्तो देखाउनुहोस् । यसपछि पनि उ तपाईको साथमा रहन चाहन्छ वा चाहँदैन भन्ने हेर्नुहोस् । यदि उ फेरि पनि तपाईको साथमै हुन्छ भने यसको मतलब उ पुरै जिन्दगी तपाईसँग बिताउन चाहन्छ ।
२) सपिङ गर्न जाने:-
यसो गर्दा तपाईलाई उनीहरुको सहनशक्ति थाहा हुन्छ । विवाहपछि घरको आवश्यकताका सामान एकैसाथ किन्नुपर्छ तर यदि तपाई पहिले देखि नै यस्तो गर्नुहुन्छ भने उनीहरुलाई के मनपर्छ र के मनपर्दैन भन्ने तपाईलाई थाहा हुन्छ । यदि उसलाई यो सब मन पर्दैन भने उसले तपाईसँग सामान किन्न नजाने बहाना बनाउन सक्छ र तपाईले एक्लै यो काम गर्न पर्छ । त्यस्तै तपाईलाई विवाह पछि उसले यस्तो काममा साथ दिन्छ कि दिँदैन भन्ने थाहा हुन्छ ।
३) आफ्नो गल्ती बताउनुहोस्:-
उसलाई तपाईको रहस्यलाई राम्रोसँग लुकाउन आउनुपर्छ । यदि तपाईको कुनै रहस्य छ भने त्यसलाई एकपटक उसको सामु व्यक्त गरेर हेर्नुहोस् । यदि तपाई उ सँग विवाह गर्न चाहुनुहुन्छ भने उसलाई तपाईको रहस्यको बारेमा थाहा हुन पर्छ । तपाईले आफ्नो रहस्य बताएपछि उसले पनि आफ्नो जीवनको रहस्य बतायो भने तपाईले उसलाई विश्वास गर्न सक्नुहुन्छ ।
४) रुने बानी देखाउने:-
उसले तपाईलाई कम्तिमा पनि एकपटक रोएको देख्नु जरुरी हुन्छ । यसले तपाईप्रति उसको केयरिङ स्वभावको बारेमा थाहा हुन्छ । यसो गर्दा तपाई दुखी हुनुहुन्छ भने यसले उसलाई कुनै पनि फरक पर्छ वा पर्दैन भन्ने थाहा पाउन सक्नुहुन्छ । यस्तो गर्नु उनीहरुको सहानुभूती र दयालुपनको परिक्षण गर्ने पनि तरिका हो ।
यदि उसले यी सबै कुराको टेस्ट पास गर्यो भने उ जति उचित श्रीमान अरु कोहि नि हुन् । त्यस व्यक्तिसँग बिवाह गर्दा तपाइको पारिवारिक जीवन राम्रो हुन्छ र उसँग कहिले पनि मन मुटाप हुने अवस्था आउदैन । सधै भरि तपैहरुको जीवन सफलतातिर लम्किन्छ ।a
हार्दिक श्रद्धाञ्जली बाजुरामा घट्यो दुखद घटना...बिजुलिको क्षमतालाई कहिले सानो नसोचौ.. सानो सोच्नुको नतिजा यस्तै हुन्छ.... जनचेतनाको लागी कृपया एक share गर्नुहोला
हार्दिक श्रद्धाञ्जली बाजुरामा घट्यो दु:खद घटना जनचेतनाको लागी कृपया एक share गर्नुहोला यहि असाढ २९ गते सुक्रबारका दिन बाजुरा जिल्ला जगन्नाथ गाँउपालिका वडा नं १ मा बस्ने अन्दाजि ३४ बर्ष उमेर भयका
अति मिलनसार समाजसेवि दुर्ग बिष्टकाे बेलुका ४ बजेतिर बिजुलिकाे पाेल चढेर लाईन बनाउदै गर्दा यक्कासि कर्मचारिले पावर हाउस बाट बत्ति अन गर्दा साे दुर्ग बिष्टकाे करिब ५/७ मिनेट पाेलमा करेन्टले समातेर जब मान्छे मरे पछि मात्र छाेडेकाे छ। र फेरि अाउदा दिनमा सबैमा जन चेतना जागाेस यस्ता खबर सुन्न नपराेस भगवान! मृत अात्माले सान्ति पाअाेस,,, हार्दिक श्रद्धाञ्जली
चार वर्ष देखी श्रीमानले ड्राइभिंग गर्ने र श्रीमतीले खलासी , विदेशबाट फर्किएर किनेका थिए गाडी
काठमाडौं । विदेश जाने नेपालीहरुको संख्या दिनानुदिन बढिरहेको छ। नेपालमा काम गर्न पछि हट्ने व्यक्तिहरु विदेशमा जस्तोसुकै मेहनत गर्न तयार हुन्छन्। दिलबहादुर वाइबा पैसा कमाउने सपना बोकेर विदेश गएका थिए। त्यहाँ ड्राइभिंगको काम गरेका उनले पैसा कमाए पनि, तर विदेशमा बसिरहने चाहना जागेन।
दिलबहादुरले दुबईबाट फर्किएर बस किने। त्यसपछि उनले आफैले ड्राइभिंग गर्न थाले र श्रीमती लक्ष्मी वाइबाले खलासीको काम गर्न थालिन्। दुवै जनाको लागि रोजगारी हुने, खर्च बच्ने र विश्वसनीय हुने हुनाले श्रीमानले ड्राइभिंग र श्रीमतीले खलासीको काम गर्न थाले। उनीहरुले यसरी काम गर्न थालेको चार वर्ष भइसकेको छ।
बसमा चढ्ने कतिपय यात्रुले श्रीमान श्रीमती मिलेर गरेको यो काम देखेर प्रशंसा गर्ने गरेको उनीहरु बताउँछन्। श्रीमान श्रीमती नै आफ्नो काम र कमाइ देखि सन्तुष्ट छन्। विदेशमा परिवार देखि टाढा रहेर दिन रात खट्नु भन्दा आफ्नै देशमा परिवार संगै बसेर र श्रीमतीसंग मीलेर काम गर्नुमा खुशी लागिरहेको दिलबहादुर बताउँछन्।
केरुङ नाका प्रवेशका लागि एकदिने पासको व्यवस्था गर्न माग काठमाडौँ, ३१ असार : नेपाल राष्ट्रिय व्यवसायी महासंघले नेपाली व्यवसायलाई केरुङ नाका प्रवेशका लागि एकदिने पासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
महासंघका अध्यक्ष नरेश कटुवालको नेतृत्वमा आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भेटेर रसुवाका जनतालाई मात्र पास उपलब्ध गराउँदै आएको सरकारले देशैभरिका व्यवसायीलाई एकदिने पासको व्यवस्था मिलाउन माग गरेको हो ।
यस्तै महासंघले भन्सारमा सहज रुपमा व्यवसायीको पहुँच हुनुपर्ने, व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिनुपर्ने, तातोपानी नाका तत्काल खुलाउनुपर्नेलगायत मागसमेत गरेको छ ।
ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री ज्ञवालीले व्यवसायीले राखेका माग सकारात्मक भएको भन्दै उक्त माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । “नेपालको परराष्ट्र हेर्ने टोली र चीनको परराष्ट्र हेर्ने टोलीबीच भन्सारका विषयमा छलफल भइरहेको छ, छिट्टै सकारात्मक नतिजा आउनेछ”, उहाँले भन्नुभयो ।
यसअघि महासंघको टोलीले केरुङ नाकाको अवलोकन गरी नेपाली व्यवसायीले भोग्नुपरेको समस्याका बारेमा जानकारी लिएको थियो ।
Subscribe to:
Posts (Atom)