watch first and then search
watch first and then search
Sunday, June 17, 2018
वीराङ्गनाको ट्रेलरमा शिल्पा, अनुप र बाँदरसम्मको एक्शन (भिडियोसहित)
काठमाडौं । एक्शनमा प्रतिक्षित भनिएको फिल्म वीराङ्गनाको ट्रेलर आईतवार सार्वजनिक गरिएको छ । साईराम पिक्चर्सको युट्युब च्यानलबाट निर्माण पक्षले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । यहि असार मसान्त अर्थात २९ गतेबाट रिलिज हुन लागेको फिल्मले पोष्टर र दुई गीत सार्वजनिक गरिसकेको छ ।
फिल्मको सार्वजनिक ट्रेलरमा मूख्य कलाकारहरु शिल्पा पोखरेल, अनुप विक्रम शाही, पृथ्वी राज प्रसाई देखी घोडा र बाँदरसम्म फिचरिङ गरिएको छ । फिल्मको ट्रेलरमै प्रज्वल गिरी, शुशिल पोखरेल, धु्रव कोईराला, प्रिया रिजाल लगायतलाई पनि देख्न सकिन्छ ।
महिला शसस्त्र प्रहरीको विरतामा आधारित फिल्म वीराङ्गना लभस्टोरी एक्शन जनरामा निर्माण गरिएको फिल्म हो । राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको फिल्म वीराङ्गना फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् । वीराङ्गनामा सुमी चामलिङ राई सह निर्माता रहेकी छिन् । फिल्ममा धिरेन शाक्य, कृष्ण शिवाकोटी, देव तामाङ, अंशु थापा, अमृत सापकोटा लगायतको पनि अभिनय रहेको छ ।
दिपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, श्री श्रेष्ठको द्धन्द निर्देशन तथा हरि घले लामा र रामेश्वर कार्कीको छायाँकन रहेको छ । फिल्मलाई काठमाडौंमा बि के फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाहिर एफडि कमपनीले वितरण गर्ने भएका छन् ।
नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्न यतिसम्म जोखिम मोल्दैछन् मजदुरहरु
मुग्लिन– नारायणगढ –मुग्लिन सडक–खण्डका भित्ता(भीर)मा रक क्लाम्बिङ खेल जस्तै मजदूरहरु टल्कने ज्याकेट र पहेँलो हेल्मेटमा भीरभीरमा देखिन्छन् ।
चिल्लो सडकमा कुदेका गाडीबाट मुण्टो ठाडो पारेर हेर्दा टुप्पामा मजदूरहरु भीरमा अड्किएर काम गरिरहेका छन् । एक त पहिरो लड्ने जोखिम क्षेत्र, त्यसमाथि छङ्गाछुर भीरमा पुगेर मजदूुरहरुले काम गरेको देख्दा कतिको आङ नै सिरिङ्ग हुन्छ ।
उनीहरु मुख्य गरी फलामको डण्डीको भर्याङ (स्काफोल्डिङ)मा बसेर तथा कतै बाँसको स्काफोल्डिङमा काम गर्दैछन् । मजदूर कतै जाली बिच्छ्याउँदै तथा कतै जुट बिच्छ्याउँदै छन् । उनीहरुले गरेको काम ‘रकम मेटिङ’ प्रविधि हो । अर्को स्थानमा जुट मेटिङ र बायोइञ्जिनीयरिङ काम पनि जारी छ ।
‘मुख्यगरी यहाँबाट पहिरो खसी मानवीय र भौतिक वस्तुको क्षति नहोस् भनेर यसरी काम गरिरहेका छौंँ’, नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनीयर शिव खनालले भने, ‘विगतका जस्ता पहिरो यसले रोक्छ ।’
अहिले जोखिम रहेका ११ स्थानमा काम भइरहेको छ । अन्तर्राष्ट्रिय रुपमा प्रयोग हुने यो प्रविधि आयोजनाले प्रयोग गरेको छ । सोही क्षेत्रमा स्थलगत रुपमा रक मेटिङका साइड हेरिरहेका ओभरसियर प्रकाश भण्डारी रक मेटिङको काम तीव्र भइरहेको बताउँदै भन्छन्– ‘अधिकांश क्षेत्रका भीरको काम सकिन लागेको छ असार १५ सम्ममा अन्य क्षेत्रको १८ स्थानमा भने बायो इञ्जिनीयरिङको काम जारी रहेको भण्डारी बताउँछन् । मुख्यगरी कालीखोलादेखि मुग्लिनसम्मको सडकमा र कालीखोलाभन्दा यता नारायणगढ क्षेत्रमा पर्ने भालुढुंगा र सेती दोभानमा यसरी काम भइरहेको छ ।
अर्को चार किलो भन्ने स्थानमा भने भित्रसम्म नै चट्टान चलायमान रहेकाले यो प्रविधिले थेग्न नसक्ने देखिएको इञ्जिनीयर बताउँछन् । सोही क्षेत्रमा गाडी चलाउँदै आउनुभएका सवारी चालक कृष्ण परियार सडक राम्रो र चिल्लो भए पनि माथिबाट आउने पहिराको भने ठूलो डर रहेको बताउछन् ।
अहिलेसम्म नारायणगढ–मुग्लिन सडकको काम करिब ९४ प्रतिशत सकिएको छ । दोस्रो तहको कालोपत्रेको काम सकिएर अहिले तेस्रो चरणको कामसमेत १६ किलोमिटर सकिएको आयोजनाले जनाएको छ । चार पटक थपिएको म्याद गत जेठ १६ गते सकिएको हो । अब बाँकी काम म्याद थप भएन भने जरिवाना तिरेर पनि ठेकेदारले गर्नुपर्छ ।
धनकुटे रोड स्थित एक महिना अगाडि मात्रै उद्घाटन गरेकाे पुल भत्किने अवस्थामा, लापारबाही गर्ने ठेकेदार कम्पनीलाई कारबाहीकाे माग
धनकुटे रोड स्थित एक महिना अगाडि मात्रै उद्घाटन गरेकाे पुल भत्किने अवस्थामा, लापारबाही गर्ने ठेकेदार कम्पनीलाई कारबाहीकाे माग धरान
बर्षाद शुरु हुन नपाउदै धनकुटे रोडमा निर्माण सम्पन्न पुलको छेउमा कटान शुरु भएसंगै भत्किने अवस्थामा पुगेको छ । भत्किएको तीन बर्षपछि बनेको पुल निर्माण सम्पन्न भएपश्चात धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले एक महिना अगाडि मात्रै उद्घाटन गर्नुभएको थियो । निर्माण सम्पन्न भएको एक महिना पनि वित्न नपाउदै बर्षाद् शुरु भएसंगै पुलको छेउ छेउमा कटानका साथै सडकको पिच समेत भासिएपछि अहिले डोजर प्रयोग गरेर भत्किएको ठाउ पुर्ने काम शुरु गरिएको छ । २०७२ असोज ८ गते धरान अचानक भत्किएको वीपी क्याम्प जोड्ने पुल निर्माण सम्पन्न भएको एक महिना नवित्दै भत्किन शुरु भएपछि धनकुटे रोडमा बसोबास गर्ने स्थानीयहरु ठेकेदारको लापारबाहीप्रति आक्रोसित बनेका छन् ।
आर्थिक बर्ष ०७३÷०७४ मा सकिने गरी पाण्डुकेशर श्याम कन्ट्रक्सनलाई जिम्मा दिए पनि काम निर्धारित समयभन्दा एक बर्ष पछाडि सम्पन्न हुदा समेत पुल जीर्ण भएको भन्दै सर्वसाधारणले ठेकेदारलाई कारबाहीको माग गरेका छन् । धरान १९ का तेजबहादुर राईले पुल निर्माणमा ठेकेदारले हेलचेक्र्याई गरेको आरोप लगाउनु भएको छ र पुलका दुवै भाग जोखिमा परेपछि दुवै भागमा ढुंगा लगाएर स्काभेट मार्फत मर्मत शुरु गरिएको छ । धरान १७, १८, १९ र २० जोड्ने एक मात्र विकल्पको रुपमा रहेको यो पुल धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जोड्ने मुख्य मार्ग मानिन्त । पुल जोखिम भएकै कारण त्यहाबाट गुड्ने एम्बुलेन्ससहित अन्य सवारी आवागनमा समेत समस्या भएको छ । सवारी आवागन समस्या हुदा एम्बुलेन्समा ल्याइएका विरामीहरु बढी मारमा परेका छन् । यता ठेकेदार कम्पनीले भने पुल गुणस्तरहीन नभएको दाबी गरेको छ । श्याम कन्ट्रक्सनका ठेकेदार गणेश गुरुङले छेउछेउमा डे«न निर्माण नभएकै कारण पुल भत्किने अवस्थामा पुगेको बताउनुभयो । १ करोड ५ लाख रुपैयाको लागतमा ११ मिटर लम्बाई र ११ मिटर चौडाईको पुलमा दुवै तर्फ ७ फिटको फुटपाथ बनाउने सम्झौता भएको थियो । तर गुणस्तरहीन समाग्री प्रयोग गरेर पुल निर्माण गरिएकै कारण यस्तो अवस्था आएको स्थानीयहरुको भनाई छ । विकासका नाममा हुने यस्ता झारा टार्ने काम रोक्नुपर्ने र लापारबाही गर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्नुपर्ने माग रहेकाे छ ।
Breaking News...............दुर्घटना हुन बाट जोगियो एति एयरलाइन्सको जहाज ...ठूलो दुर्घटनाबाट जोगिएपछी थाहा भयो मुख्य कारण पुरा जानकारीको लागि
पोखरा / एति एयरलाइन्सको जहाज आज पोखरा विमान स्थलको धावन मार्गमा ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौँबाट पोखरा आएको एएचयु ६८१ को जहाज पोखरा विमानस्थलमा अवतरका क्रममा हाइड्लिक फेल हुँदा धावन मार्ग छोडेर अचानक लुक एरियातर्पm गएको विमानस्थलका सुरक्षा गार्ड प्रहरी नायब निरीक्षक राजेश भट्टराईले जानकारी दिनुभयो ।
पोखरा विमानस्थलमा अवतरण हुने क्रममा रहेको सो जहाजमा चालक सहित ३३ यात्रु सवार थिए । उहाँका अनुसार लोक चन्द पाइलट र मोनिका प्रजापति कोपाइलट रहनुभएको उक्त विमान धावनमार्गबाट लगभग १५ मिटर बाहिर गएको थियो ।
Subscribe to:
Posts (Atom)