watch first and then search
watch first and then search
Sunday, June 17, 2018
धनकुटे रोड स्थित एक महिना अगाडि मात्रै उद्घाटन गरेकाे पुल भत्किने अवस्थामा, लापारबाही गर्ने ठेकेदार कम्पनीलाई कारबाहीकाे माग
धनकुटे रोड स्थित एक महिना अगाडि मात्रै उद्घाटन गरेकाे पुल भत्किने अवस्थामा, लापारबाही गर्ने ठेकेदार कम्पनीलाई कारबाहीकाे माग धरान
बर्षाद शुरु हुन नपाउदै धनकुटे रोडमा निर्माण सम्पन्न पुलको छेउमा कटान शुरु भएसंगै भत्किने अवस्थामा पुगेको छ । भत्किएको तीन बर्षपछि बनेको पुल निर्माण सम्पन्न भएपश्चात धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले एक महिना अगाडि मात्रै उद्घाटन गर्नुभएको थियो । निर्माण सम्पन्न भएको एक महिना पनि वित्न नपाउदै बर्षाद् शुरु भएसंगै पुलको छेउ छेउमा कटानका साथै सडकको पिच समेत भासिएपछि अहिले डोजर प्रयोग गरेर भत्किएको ठाउ पुर्ने काम शुरु गरिएको छ । २०७२ असोज ८ गते धरान अचानक भत्किएको वीपी क्याम्प जोड्ने पुल निर्माण सम्पन्न भएको एक महिना नवित्दै भत्किन शुरु भएपछि धनकुटे रोडमा बसोबास गर्ने स्थानीयहरु ठेकेदारको लापारबाहीप्रति आक्रोसित बनेका छन् ।
आर्थिक बर्ष ०७३÷०७४ मा सकिने गरी पाण्डुकेशर श्याम कन्ट्रक्सनलाई जिम्मा दिए पनि काम निर्धारित समयभन्दा एक बर्ष पछाडि सम्पन्न हुदा समेत पुल जीर्ण भएको भन्दै सर्वसाधारणले ठेकेदारलाई कारबाहीको माग गरेका छन् । धरान १९ का तेजबहादुर राईले पुल निर्माणमा ठेकेदारले हेलचेक्र्याई गरेको आरोप लगाउनु भएको छ र पुलका दुवै भाग जोखिमा परेपछि दुवै भागमा ढुंगा लगाएर स्काभेट मार्फत मर्मत शुरु गरिएको छ । धरान १७, १८, १९ र २० जोड्ने एक मात्र विकल्पको रुपमा रहेको यो पुल धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जोड्ने मुख्य मार्ग मानिन्त । पुल जोखिम भएकै कारण त्यहाबाट गुड्ने एम्बुलेन्ससहित अन्य सवारी आवागनमा समेत समस्या भएको छ । सवारी आवागन समस्या हुदा एम्बुलेन्समा ल्याइएका विरामीहरु बढी मारमा परेका छन् । यता ठेकेदार कम्पनीले भने पुल गुणस्तरहीन नभएको दाबी गरेको छ । श्याम कन्ट्रक्सनका ठेकेदार गणेश गुरुङले छेउछेउमा डे«न निर्माण नभएकै कारण पुल भत्किने अवस्थामा पुगेको बताउनुभयो । १ करोड ५ लाख रुपैयाको लागतमा ११ मिटर लम्बाई र ११ मिटर चौडाईको पुलमा दुवै तर्फ ७ फिटको फुटपाथ बनाउने सम्झौता भएको थियो । तर गुणस्तरहीन समाग्री प्रयोग गरेर पुल निर्माण गरिएकै कारण यस्तो अवस्था आएको स्थानीयहरुको भनाई छ । विकासका नाममा हुने यस्ता झारा टार्ने काम रोक्नुपर्ने र लापारबाही गर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्नुपर्ने माग रहेकाे छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment