watch first and then search
watch first and then search
Sunday, June 17, 2018
नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्न यतिसम्म जोखिम मोल्दैछन् मजदुरहरु
मुग्लिन– नारायणगढ –मुग्लिन सडक–खण्डका भित्ता(भीर)मा रक क्लाम्बिङ खेल जस्तै मजदूरहरु टल्कने ज्याकेट र पहेँलो हेल्मेटमा भीरभीरमा देखिन्छन् ।
चिल्लो सडकमा कुदेका गाडीबाट मुण्टो ठाडो पारेर हेर्दा टुप्पामा मजदूरहरु भीरमा अड्किएर काम गरिरहेका छन् । एक त पहिरो लड्ने जोखिम क्षेत्र, त्यसमाथि छङ्गाछुर भीरमा पुगेर मजदूुरहरुले काम गरेको देख्दा कतिको आङ नै सिरिङ्ग हुन्छ ।
उनीहरु मुख्य गरी फलामको डण्डीको भर्याङ (स्काफोल्डिङ)मा बसेर तथा कतै बाँसको स्काफोल्डिङमा काम गर्दैछन् । मजदूर कतै जाली बिच्छ्याउँदै तथा कतै जुट बिच्छ्याउँदै छन् । उनीहरुले गरेको काम ‘रकम मेटिङ’ प्रविधि हो । अर्को स्थानमा जुट मेटिङ र बायोइञ्जिनीयरिङ काम पनि जारी छ ।
‘मुख्यगरी यहाँबाट पहिरो खसी मानवीय र भौतिक वस्तुको क्षति नहोस् भनेर यसरी काम गरिरहेका छौंँ’, नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनीयर शिव खनालले भने, ‘विगतका जस्ता पहिरो यसले रोक्छ ।’
अहिले जोखिम रहेका ११ स्थानमा काम भइरहेको छ । अन्तर्राष्ट्रिय रुपमा प्रयोग हुने यो प्रविधि आयोजनाले प्रयोग गरेको छ । सोही क्षेत्रमा स्थलगत रुपमा रक मेटिङका साइड हेरिरहेका ओभरसियर प्रकाश भण्डारी रक मेटिङको काम तीव्र भइरहेको बताउँदै भन्छन्– ‘अधिकांश क्षेत्रका भीरको काम सकिन लागेको छ असार १५ सम्ममा अन्य क्षेत्रको १८ स्थानमा भने बायो इञ्जिनीयरिङको काम जारी रहेको भण्डारी बताउँछन् । मुख्यगरी कालीखोलादेखि मुग्लिनसम्मको सडकमा र कालीखोलाभन्दा यता नारायणगढ क्षेत्रमा पर्ने भालुढुंगा र सेती दोभानमा यसरी काम भइरहेको छ ।
अर्को चार किलो भन्ने स्थानमा भने भित्रसम्म नै चट्टान चलायमान रहेकाले यो प्रविधिले थेग्न नसक्ने देखिएको इञ्जिनीयर बताउँछन् । सोही क्षेत्रमा गाडी चलाउँदै आउनुभएका सवारी चालक कृष्ण परियार सडक राम्रो र चिल्लो भए पनि माथिबाट आउने पहिराको भने ठूलो डर रहेको बताउछन् ।
अहिलेसम्म नारायणगढ–मुग्लिन सडकको काम करिब ९४ प्रतिशत सकिएको छ । दोस्रो तहको कालोपत्रेको काम सकिएर अहिले तेस्रो चरणको कामसमेत १६ किलोमिटर सकिएको आयोजनाले जनाएको छ । चार पटक थपिएको म्याद गत जेठ १६ गते सकिएको हो । अब बाँकी काम म्याद थप भएन भने जरिवाना तिरेर पनि ठेकेदारले गर्नुपर्छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment