watch first and then search

watch first and then search

Wednesday, May 30, 2018

फुटबलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले रियाल मड्रिड छोड्दै !

लिभरपुलमाथि ३–१ को जित हात पारेपछि रियालका अन्य खेलाडी क्लबको १३ अाैं च्याम्पियन्स लिग उपाधिको खुसी मनाइरहँदा रोनाल्डोले भने केही दिनमै आगामी गन्तव्यका बारेमा निर्णय लिने भन्दै सान्टियानो बर्नाबेउ बसाइमा दुबिधा जनाएका थिए।
 ‘रियाल बसाइ सुखद बन्यो,’ रोनाल्डोले क्लबबाट बिदाइको संकेत गर्दै भने, ‘म आगामी केही दिनमै क्लब बसाइका बारेमा निर्णय सार्वजनिक गर्नेछु।’ विगत केही महिनादेखि रोनाल्डो र उनका एजेन्ट रियालसँगको नयाँ सम्झौतामा सन्तुष्ट छैनन् । त्यस्तै रोनाल्डो र क्लब अध्यक्ष फियोरेन्टिनो परेजको सम्बन्ध पनि केही समययता सन्तोषजनक छैन। रोनाल्डोले क्लब छोड्ने संकेत गरिरहँदा परेजले भने यसबारे प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । ‘हामी अहिले च्याम्पियन्स लिगको कीर्तिमानी लगातार तेस्रो उपाधिको खुसीयाली मनाइरहेका छौं । त्यसैले यो कुनै खेलाडीको आगामी भविष्यका बारेमा निर्णय दिने समय होइन,’ परेजले भने, ‘सबै खेलाडी आफ्नो भविष्यका बारेमा निर्णय गर्न स्वतन्त्र छन्। हामीसँग यस विषयमा निर्णय लिने समय बाँकी छ । क्रिस्टियानो रोनाल्डो पनि अहिले उपाधि जितको खुसी मनाइरहेका छन् । उनी रियालमै खुसी छन् र आगामी दिनमा पनि यहीँ बस्नेमा म विश्वस्त छु।’ त्यस्तै रियालका प्रशिक्षक जिदनेदिन जिदानले पनि रोनाल्डोले क्लब छोड्ने संकेतबारे प्रतिक्रिया दिन अस्वीकार गरे । ‘म अहिले क्लबले पाएको सफलतामा रमाइरहेको छु र आगामी दिनमा योभन्दा राम्रो नतिजा कसरी ल्याउने भन्नेमा केन्द्रित छु,’ जिदानले भने, ‘रोनाल्डो क्लबमा बस्नेमा म आशावादी छु।’

सन्दीप लामिछाने खेल्ने विश्व–११ को कप्तानी अफ्रिदीले गर्ने, लर्डसमा भोली हुँदैछ खेल

काठमाडौं, १६ जेठ । नेपालका सन्दीप लामिछानेसहित रहेको विश्व–११ को कप्तानी पाकिस्तानी खेलाडी साहिद अफ्रिदीले गर्ने भएका छन् । बिहीबार राति इङ्ल्यान्डको लर्डसमा वेस्ट इन्डिजविरुद्ध हुन लागेको टीट्वेन्टी च्यारिटी खेलमा विश्व–११ को कप्तानी यसअघि इङ्ल्यान्डका इयान मोर्गनले गर्ने भनिए पनि उनी घाइते भएपछि अफ्रिदीलाई कप्तानीको जिम्मेवारी दिइएको हो । आसीसीले दिएको खबर अनुसार उनको सट्टा विश्व–११ टोलीमा इङ्ल्याण्डकै विकेटकिपर व्याट्सम्यान साम बिलिङ्सलाई समावेश गरिएको छ । गत साल आएको आँधीबाट क्याराबिन राष्ट्रहरुका भत्किएका क्रिकेट स्टेडियम निर्माणमा सहयोग जुटाउन आईसीसीले वेस्ट इन्डिज र विश्व–११ बीच लर्डस्मा खेल खेलाउन लागेको हो । साहिद अफ्रिदीको कप्तानीमा खेल्ने टोलीमा, साम बिलिङ्स, तमिम इकबाल, दिनेश कार्तिक, रासिद खान, मिचेल म्याक्लिघन, सोयव मल्लिक, हार्दिक पाण्डेय, थिसारा परेरा, लुक रोची, मोहमद सामी र सन्दीप लामिछाने छन् । कार्लोस ब्रेथवेटको कप्तानीमा मैदान उत्रने वेस्ट इन्डिज टोलीमा सामुयल बद्री, क्रिस गेल, इभिन लेविस, मार्लोन सामुयल्स र आन्द्रे रसेल, एस्ले नर्स, आन्द्रे फ्लेचर, किमो पाउल, रोभमन पावेल, दिनेश रामदिन र केस्किर विलियम्स छन् । वेस्ट इन्डिजविरुद्ध हुने च्यारिटी खेलमा सहभागी हुन युवा क्रिकेटर सन्दीप लामिछाने मंगलबार नै लन्डन प्रस्थान गरेका छन् । बिहीबार राति लर्डस्मा हुने एकमात्र टीट्वेन्टी खेलमा सन्दीपले विश्व–११ बाट प्रतिस्पर्धा गर्नेछन् । मंगलबार इङ्ल्यान्ड जानुअघि आयोजित पत्रकार सम्मेलनमा सन्दीपले विश्व–११ बाट खेल्न पाउनुलाई एउटा अवसरका रूपमा लिएको बताए । ‘लर्डस् हामीजस्ता खेलाडीका लागि ठूलो प्लेटफर्म हो’, त्रिवि क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘मैले आफ्नो तर्फबाट शतप्रतिशत दिनेछु ।’ १७ वर्षीय सन्दीप विश्व–११ टोलीका कान्छा खेलाडी हुन् ।

५ दिनदेखि १ नम्बर ट्रेडिङमा निशानको ‘भुन्टी’(भिडियोसहित)

काठमाडौं, १६ जेठ । लोकप्रिय संगीतकार तथा र्यापर राजेन्द्र भट्ट ‘मिस्टर आरजे’को शब्द संगीतमा तयार पारिएको गीत ‘भुन्टी’ले नेपाली गीत संगीतको ईतिहासलाई नयाँ उचिई दिएको छ । राजेन्द्रले एक पछि अर्को गरि निरन्तर नयाँ पन झल्किने गीतहरु सार्वजनिक गर्दै आइरहेका छन् । उनका हरेक गीतहरुले उच्च स्थान रच्दै आइरहेका छन् । राजेन्द्रले पछिल्लो समयमा ‘भुन्टी’ बोलको गीत सार्वजनिक गरेका थिए । जुन गीतमा निशान भट्टराईको स्वर रहेको छ । विगत ५ दीन देखि युटुवको नम्बर १ ट्रेडिङमा छ । उक्त गीतको म्युजिक भिडियोमा निशान भट्टराईले ‘भुन्टेको भूमिका निभाएका छन् । भुन्टीको भूमिकामा चर्चित नायिका तथा मोडल एलिशा राई रहेकी छन् । निशानको यो म्युजिक भिडियोलाई टेकेन्द्र शाहले निर्देशन र सम्पादन गरेका छन् । रामकुमार केसीको छायाङ्कन गरेका हनु ।

सम्वन्ध विच्छेद गरेको एक महिना नपुग्दै पुन: उहि श्रीमान चाहियो !

. प्रेम सुनार
गुल्मी । कतिपयले महिला अधिकारको दुरुपयोग गर्दै आफैले आफुलाई विचलित पार्दै गएका छन् । गुल्मीकी एक महिलाले अघिल्लो महिना आफु श्रीमानको ज्यादती सहन नसकेको भन्दै जिल्ला अदालत गुल्मीबाट सम्वन्ध विच्छेद गरेकी थिईन । फेरी अहिले एक महिना नपुग्दै उनै महिलाले श्रीमान संग पुनः नाता कायम गरी पाउँ भनि फिराद जाहेरी दिएको जिल्ला अदालतका श्रेस्तेदार दुर्गाप्रसाद वस्यालले जानकाकारी दिए । ‘उनका वालवालिकामा नकरात्मक असर नपरोस भनि उनिहरु श्रीमान श्रीमतिको नाम गोप्य राखिएको छ ,– श्रेस्तेदार बस्यालले भने–‘ प्रवेशिका परिक्षा दिएका एक छोरा सहित उनि दुई सन्तानकी आमा हुन ।’ हामीले र उनका श्रीमान सहितका परिवारले सम्वन्ध विच्देद नगर भनेर निकै सम्झाईयो तर पनि उनले उति वेला मानिन , अहिले एक महिना नपुग्दै पुनः उसै श्रीमान संग नाता कायम गरी पाउँ भनि फिराद दिएकी छन्’– बस्यालले भने । बैशाख ७ गते उनिहरु विच मेलमिलापमा सम्वन्ध विच्छेद भएको थियो भने जेठ ११ गतेका दिन फेरी उनै महिलाले नाता कायम गरी पाउँ भनि फिराद दिएको त्यस अदालत प्रशासन तथा रजिष्टेशन शाखा प्रमुख ना.सु. सिता घिमिरेले जानकारी दिईन । घर परिवारको सहमति विना केहि वर्ष देखि अर्को जिल्लामा वसेर एक व्यापार–ब्यबसाय समुहमा वसेको बताउँने उनले त्यहाँबाट फर्के पछि आफु श्रीमान संग सम्वन्ध विच्छेद गरी स्वतन्त्र रुपमा उक्त ब्यवसाय चलाउने भन्दै एक पैसा नलिई सम्वन्ध विच्छेद गर्छु भनेर मुद्धा दायर गरेकी थिईन । उनि अन्दाजी ३५ वर्षिया पढालेखा महिला हुन् । श्रेस्तेदार बस्याल भन्छन् अंश नलिई सम्वन्ध विच्छेद गरिदैन भनेर हामीले अर्को मुद्धा लेख्न लगायौं , उनका श्रीमानले सम्वन्ध विच्छेद नगर , हिड घर जाउँ भनेर धेरै पटक कर गरे । छोराहरु रोएर आमा त्यसोा नगर्नुस भनेर हात जोडे । फोनमा हामीले उनकी आमालाई समेत सम्झाउन लगाऔं । तर कसैको केहि सिप लागेन अन्ततः विना पैसा सम्वन्ध विच्छेद गरेकी हुन् । सम्वन्ध विच्छेद नगर्न सम्झाउनेहरु मध्येकी एक अधिकारकर्मीले भनिन्–‘ महिलालाई अधिकार अलि बढि नै भएको हो कि भन्ने महशुस पनि गरेका छौं । आफु खुशी अन्यत्रै गएर आत्मानिर्भर पनि हुन पाउनु पर्छ भन्ने र फेरी उता तालमेल निमले पछि उहि श्रीमान संग नाता कायम गरी पाउँ भन्नु महिलालाई प्राप्त अधिकार आफु खुशी प्रयोग गर्न खोज्नु हो ।’ सम्वन्ध विच्छेद गरेको केहि दिन पछि वकिल र अदालतले आफुलाई झुक्काएर आफुलाई सम्वन्ध विच्छेद गराएको आरोप लगाउँदै आफु विक्षिप्त भएर न्याय खोज्न आएको यहाँका अधिकारकर्मी महिलाहरु संग भनेकी थिईन । अधिकारकर्मीहरुले सञ्चारकर्मीहरुलाई समेत बेलाएर उनि संग साक्षत्कार गराएका थिए । त्यस वखत उनि प्रत्येक शव्दमा आँशुका ढिंका खसाल्दै गलाअवरुद्ध पारेकी थिईन । श्रीमानले आफु संग पशुतुल्य यौनहिंसा गर्ने गरेकोले आफु विक्षिप्त भएको समेत बताएकी थिईन । पछि अधिकारकर्मी सहित अदालतमा बुझ्न जाँदा अदालतले उनका लागि निकै प्रयास गर्दा पनि उनले बरु आफु जोगी भएर हिड्छु , एक पैसा नलिई सम्वन्ध विच्छेद गर्छु भनेर ढिपी नछाडेको पाईयो । श्रोतका अनुसार उनि बढि महत्वकांक्षी बनेर कसैको लहडमा लागेर आवेशमा आई सम्वन्ध विच्छेद गरेको तर जव सम्वन्ध विच्छेद भयो तव उनि न यता नउताको अवस्थामा पुगेपछि फिराद दायर गरेकी पाईएको छ ।

watch first and then search