watch first and then search

watch first and then search

Sunday, January 1, 2017

नयाँ बर्षको पहिलो दिननै ह्वात्तै घट्यो सुनको भाउ



काठमाडौं, पुस १७- साताको पहिलो दिन सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ।

अघिल्लो दिन प्रतितोला ५३ हजार रुपैयाँ रहेको सुन आइतबार ३ सयले घटेर ५२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी आइतबार ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको हो ।

लौ आयो खुशीको खवर- यसरी हुईकिने भो, १ घण्टामै चिनदेखि काठमाडौंसम्म रेल ! भिडियो सहित

काठमाडौं- लौ आयो खुशीको खवर- यसरी हुईकिने भो, १ घण्टामै चिनदेखि काठमाडौंसम्म रेल ! भिडियो सहित

इस्तानबुलको रात्री क्लबमा आक्रमण, एक प्रहरी सहित ३५ को मृत्यु



टर्की पुस १७ । टर्कीको इस्तानबुलस्थित एक नाइट क्लबमा भएको आक्रमणमा प्रहरी एक अधिकारी सहित कम्तिमा ३५ जनाको मृत्यु भएको त्यहाँका गर्भनरले बताएका छन् । नाइटक्लवमा चरमपन्थी आक्रमण भएको अधिकारीहरुले बताएका छन् ।

स्थानीय समय अनुसार राति अवेर करिव डेढ बजेतिर भएको आक्रमणमा कन्तिमा ४० जना घाइते भएका छन् । रेना नामको नाइट क्लबमा भएको आक्रमणको समयमा सयौं मानिस उपस्थित थिए ।

तपाईंले मन पराएको युबतिलाई यि कुरा भुलेरपनी नसोध्नुहोस्



आफूलाई मन परेकी जीवन साथी रोज्ने र उनैसँग जीवन बिताउने सपना प्राय सबैले देखेकै हुन्छन् । तर, सबैले आफूले खोजेजस्तो जीवनसाथी नपाउन सक्छन् भने कतिले आफ्नै गल्तिका कारण आफुले मन पराएको तथा भेटेको मान्छेलाई समेत जीवन साथी बनाउन बाट वञ्चित भएको अवस्था पनि धेरैको आएको हुन सक्छ ।

आफुले थाहा नै नपाउने गरी आफुले मन पराएको युवतीसँग गरेको कुराकानीले तपाईलाई ऊबाट टाढा बनाएको पनि हुन सक्छ । त्यसैले तपाईले आफुले मन पराएको युवतीसँग गर्ने कुराकानीका क्रममा धेरै कुराहरू विचार गर्नुपर्ने हन्छ । झन् पहिलो भेटमा त धेरै कुराहरू विचार गर्नुपर्ने हुन्छ । पुरूषले सकेसम्म महिलालाई आफूतिर आकर्षित गर्न आफ्ना कुरा गर्ने तरिका तथा आफू प्रस्तुत हुने तरिकाका बारेमा सजग हुनु जरूरी हुन्छ ।
– पहिलो भेटमा सकेसम्म युवतीलाई उनलाई किस गर्ने कुरा मनमा नै नल्याउनु बेस । केही उदार देखिन युवतीले हुन्छ भनेपनि उनको मनमा के लाग्छ भने यो युवकमा महिलाप्रति आकर्षण छैन् र युवकले आफूलाई पछी वेवास्ता गर्न सक्छ भन्ने मनमा पर्छ र भविष्यमा उनले उक्त पुरूषलाई नो भनेर पर भाग्न सक्छिन् ।

– युवकले सुरूवातका भेटमा नै युवतीलाई डेटका लागि कतै (ठाऊँ नखुलाई) जाने प्रस्ताव गर्नुपनि उपयुक्त हुँदैन । युवतीले यस्ता युवकलाई पनि मन नपराउने सम्भावना बढी रहन्छ । यसको सट्टामा बरू हामी कतै फ्रेस हुने ठाऊँमा जाऊ न… तिम्रो मोबाइल नम्बर कति हो, हामी यो ठाऊँमा जान सक्छौ भनेर सोध्नु राम्रो मानिन्छ ।

– कहिल्यै पनि युवतीका अगाडि आफ्नो बारेमा फुर्ती लगाउनु हुँदैन । आफ्नो घर परिवार, गाडि, बंगलाका बिषयमा कुनै कुरा भन्नु राम्रो हुँदैन । युवतीलाई आकर्षित गर्ने नाममा गरिने यस्ता कार्यले झन् विकर्षण पैदा गर्न सक्छ ।
– सकेसम्म युवतीलाई तिमी रातमा के गर्दैछौ भनेर सोध्नु पनि राम्रो हुँदैन ।

– युवतीलाई आफू कस्तो लाग्यो, म मन परे की परिन जस्ता प्रश्न सोध्नु पनि हुँदैन । यसले युवतीले युवकमा आफैमा आत्मविश्वास छैन् भन्ने अड्कल काट्न सक्छिन् ।

– युवतीलाई आफ्नो मेसेजको रिप्लाई नगरेको या रिप्लाई गर्न किन ढिलो गरेको भनेर सोध्नु पनि राम्रो मानिन्न । यसरी प्रश्न सोध्दा युवतीले आफूलाई उसले आफूले के गरिरहेको छ भन्ने युवकले विचार गर्ने गरेको र पछी आफूलाई दवाउन सक्ने सम्भावना रहेको सोच्न सक्छिन् र युवकलाई नो भन्न सक्छिन् ।

– युवतीलाई कुनै पनि बेला कुनै पुरूषसँग सुतेको छ या छैन् भनेर सोध्नु हुँदैन । यसले युवतीलाई आफू असुरक्षित भएको महशुस गराउँछ ।

– युवतीका साथीका बारेमा नराम्रो कुरा नगर्नु राम्रो हुन्छ । सकेसम्म कहिल्यै नदेखेको साथीका बारेमा टिप्पणी गर्नु अझ नराम्रो हुन सक्छ ।

watch first and then search