watch first and then search

watch first and then search

Friday, October 21, 2016

नवलपरासीमा यस बर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान



दशैँ पर्व सकिए लगतै नवलपरासीका किसानहरु यतिबेला धान काट्न कम्मर कसेर लागिपरेका छन् । धान तयार भएपछि तयार भएका धान बाली भित्राउन किसानहरु लागि परेका हुन् । यस पटक पहाडी क्षेत्र बाहेकका धैरे किसानहरुले धान भित्रयाउने आधुनिक मेसीन प्रयोगमा ल्याउन थालेका छन् । भने धान उत्पादनमा पनि बृद्धि हुने अनुमान गरिएको छ ।


यस बर्ष उपयुक्त बर्षा र प्राप्त मल किसानहरुले सहज रुपमा प्राप्त गरेपछि अघिल्ला बर्षको तुलनामा करिब १५ देखि २० प्रतिशतले धान उत्पादनमा बृद्धि हुने आकलन गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यस बर्ष कुल खेती योग्य जमिन मध्ये ४४ हजार ७ सय ५० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको कार्यालयका योजना अधिकृत श्रीकान्त घिमिरले बताउनुभयो ।
अघिल्लो आर्थिक बर्षमा १ लाख ६७ हजार १ सय ५९ मेट्रिक टन धान उत्पादन भएकोमा सोको तुलनामा १५ देखि २० प्रतिशतले धान उत्पादनमा बृद्धि हुने पक्का छ । अघिल्लो बर्षको तुलनामा धान खेती गर्ने जग्गा मध्ये आवासीय क्षेत्र भएका कारण तुलनात्मक रुपमा धान खेती गर्ने क्षेत्रफलमा सामान्य कमी आएको कार्यालयका बाली संरक्षण अधिकृत श्रीधर पौडेलले बताउनुभयो ।
नवलपरासीमा उत्पादन भएका धान किसानहरुले स्थानीय चामल र चिउरा मिलहरुमा बिक्री गर्दै आएका छन् । धान बाट उत्पादित चिउरा र चामल यस जिल्लाबाहेक काठमाडौ , चितवन , पोखरा , बीरगन्ज लगायतका अन्य बजारहरुमा बिक्री बितरण हुने गर्दछ । कृषिलाई आधुनिकीकरण गर्न राज्यले ध्यान दिनुपर्ने किसानहरुको भनाई छ ।
यस पटक नवलपरासीमा मोटा , चैते दुई , चैते चार , चैते छ , ध्युपुरी र हर्दिनाथ लगायतका अन्यप्रजातीका धान रोपीएको छ । चैते धान जिल्लाको नवलपुर क्षेत्रका बिभिन्न गाविसमा लगाईने गरिन्छ । नवलपरासी जिल्लाका दक्षिणी भाग र भित्रि मधेशको नवलपुर क्षेत्रमा बढि मात्रामा धान खेति गरीदै आएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ । नवलपरासी जिल्ला धान खेतिमा अब्बल दर्जामा पर्दछ ।

छक्का पन्जा हेर्नु भएको छैन भने यो भिडियो हेर्नुहोला !! हाहाहा गजब रमाइलो रहेछ :D कति हास्नु


Chhakka Panja Nepali Comedy Video Magne buda
Magne Budo in various comedy scene.Watch another episode of comedy tv show meri bassai. Meri Bassai is comedy program; Today’s Episode you can see Priyanka Karki( Nepali Actress ) for the first time in Meribassai and other guest is child actor.To watch more click on the picture. Meri Bassai is comedy program; Today’s Episode you can see Paras Khadka for the first time in Meribassai. Khadka ji requested Paras to come in Meri Bassai.Magne Budo in various comedy scene.Watch another episode of comedy tv show meri bassai. Meri Bassai is comedy program; Today’s Episode you can see Priyanka Karki( Nepali Actress ) for the first time in Meribassai and other guest is child actor.To watch more click on the picture.

भारतको बालगृहबाट दैलेखका ३ जना बालकहरुको उद्दार



बिभिन्न प्रलोभन देखाएर भारतमा महिलादेखि बालबालिकासम्म पु¥याउने गिरोह नेपालमा पहिल्यैदेखि सक्रिय हुने गरेका छन् । प्रहरी प्रशासन र गैह्रसरकारी संघसंस्थाको सहयोगमा बिभिन्न समयमा उनीहरुको उनीहरुको उद्दार गर्ने गरिए पनि यो क्रम अझै रोकिएको छैन । भारतको एक बाल गृहमा रहेका ३ जना नेपाली बालकलाई उद्धार गरी नेपाल ल्याइएको छ ।


भारतको मुज्जफ्फरपुर जिल्लामा रहेको बालगृहबाट दैलेखका ३ जना बालकहरुलाई नेपाल ल्याइएको हो । उद्दार हुनेहरुमा दैलेख दुल्लु नगरपालिका वडा नम्बर ९ का १५ वर्षीय टिकाराम पुरी, दुल्लु ८ कै १५ वर्षीय सुरज गीरी र सोहि ठाउँ बस्ने १४ वर्षीय सुन्दर वन सन्यासी रहेका छन् । सामाजिक सेवा केन्द्र दैलेखको पहलमा उनीहरुलाई उद्दार गरि नेपालगन्ज ल्याइएको हो ।
गाउँका आफन्तीको लहैहलैमा लागेर एक वर्ष अघि टिकाराम र सुरज भारतमा गएका थिए । सुन्दर वन भने गत जेठ महिनामा गाउँकै दाइ पर्नेसंग घरबाट भागेर भारत गइ एक होटलमा काम गरेको उद्धार गरिएका बालकले बताएका छन् । एउटै होटलमा काम गर्ने उनीहरुलाई भारतीय प्रहरीले प्रक्राउ गरी बालगृहमा राखेको उनीहरुको भनाई छ ।
आफूहरु जस्तै ६ वर्ष देखि १७ वर्ष सम्मका अरु ३२ जना बालकहरु उक्त बालगृहमा रहेको उद्धार गरिएका अर्का बालकले बताएका छन् ।
वाइट…सुन्दर वन सन्यासी, उद्दार गरिएका बालक
भारतीय बाल गृहमा काठमाण्डौं, बीरगन्ज र नेपालगन्जका ३२ जना बालकहरु रहेको आफ्ना छोरालाइ उद्धार गर्नका लागि भारत पुगेका सुन्दर वन सन्यासीका बुवा दल वन सन्यासीले बताउनुभयो । आफूलाइ पनि डोटीकै एक व्यक्तिले खबर गरेपश्चात आफ्नो छोरालाइ उद्धार गर्न सकीएको उहाँको भनाइ छ ।
भारतबाट उद्दार गरिएका ती बालहरुहरुलाई जिल्ला बालकल्याण संघ दैलेखको जिम्मा लगाइने भएको छ ।

दुई साता यता झापाको दमकमा २४ जनामा डेंगुको संक्रमण



झापाको दमक नगरपालिका क्षेत्रमा दुई साता यता २४ जनामा डेंगु संक्रमण भएको पुष्टि भएको छ । दमकमा पछिल्लो समयमा डेंगु रोगको प्रकोप बढेको र यसले भयावहक रुप लिनसक्ने भन्दै सतर्क रहन सर्वसाधारणलाई सचेत गराइएको छ ।


शुक्रबार दमकमा पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला जनस्वास्थ्य कार्यालय अन्तर्गत रहेको दमक अस्पताल र दमक नगरपालिकाले सर्वसाधारणलाई डेंगु सक्रमण प्रति सचेत रहन आग्रह गरेका हुन् । दुईसाता यता मात्र दमकमा २४ जनामा बिरामीमा डेंगु रोगको संक्रमण भेटिएको दमक अस्पतालका सिनियर अहेव नगेन्द्र भट्टराईले जानकारी दिनुभयो । दमक आसपासमा रहेका अस्पतालहरु दमक अस्पताल, लाईफलाईन अस्पताल, आम्दा अस्पताल, एडभान्स हेल्थ केयर सेन्टर लगायत अस्पतालमा उपचार गराउन आएका विरामिमा डेंगु भेटिएको हो । अझै केहीको शंकास्पद अवस्थामा उपचार भईरहेको छ । शुक्रबार मात्र ५ जना बिरामीमा डेंगु फेला परेको भट्टराईले बताउनु भयो । डेंगु एक प्रकारको ज्वरो भएका कारण आफुलाई डेंगु लागो भन्दैमा नआत्तिन पनि उहाँले आग्रह गर्नुभयो ।
डेंगु लागेका विरामीलाई उच्च ज्वरो आउने, वान्ता हुने, जोर्नीका हाडहरु दुख्ने, शरीरमा प्लेटलेट्स कम भएपछि निलो, रातो डामहरु देखा पर्ने, खान मन नलाग्ने, शरीरमा तागत कम हुने लगायत लक्षण देखापर्ने गरेको भट्टराईले जानकारी दिनुभयो । कसैलाई उच्च ज्वरो आएमा डाक्टरको सल्लाह विना औषधि प्रयोग नगर्न समेत डाक्टरहरुले आग्रह गरेका छन् । डेंगु लागेमा अन्य औषधि प्रयोग गर्नु खतरा भएको बताईएको छ । यो रोग एडिज एजिप्टाई जातको पोथी लामखुट्टेले टोक्दा हुने गरेको छ । दमक नगरपालिकाले नगर क्षेत्रमा रहेका टायर सेन्टरहरुलाई तत्काल टायर हटाउन आग्रह गरेको छ । लामो समयदेखि जमेका पनिमा लाम्खुट्टेको लार्भा हुने भएकाले घर छेउमा लामो समयदेखि रहेका शुद्ध पानी हटाउन नगरवासीलाई स्थानीय सञ्चार माध्यमबाट आह्वान गरेको दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दहालले जानकारी दिनुभयो ।

watch first and then search