watch first and then search

watch first and then search

Monday, June 18, 2018

जापानमा हप्तामा १४वटासम्म सीधा हवाई उडानका लागि सम्झौता

४ असार, काठमाडौं । नेपाल र जापानबीचका हवाई उडान सम्झौता २५ वर्षपछि पुनरावलोकन गरिएको छ । नयाँ सम्झौताअनुसार नेपाल र जापानबीच हप्तामा १४ पटकसम्म सीधा हवाई उडान हुने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका अधिकारी र जापानी उड्ययन अधिकारीबीच भएको वार्तापछि सम्झौता पुनरावलोकनमा सहमति जुटेको हो । यसका लागि पर्यटन सचिव कृष्ण देवकोटा नेतृत्वको टोली अहिले जापान भ्रमणमा छ । सम्झौतामा हस्ताक्षर पनि भएको छ । अब नेपाली एयरलाइन्सहरुले जापानको हानेडा विमानस्थलबाहेक अन्यमा सीधा उडान गर्न सक्नेछन् । यसअघि नेपाली एयरलाइन्सले जापनको ओसाका विमानस्थलमा मात्र यस्तो सुविधा पाउँथे । अब नेपालबाट जापानमा दिनमा २ वटा सीधा उडान हुनेछ । नेपाल एयरलाइसन्सले ल्याउने वाइडबडी एयसबसलाई जापानमा सीधा उडान सेवा गर्न यो सम्झौताले बाटो खोलेको छ । hello friend please like,comment and share this news thanks for reading

No comments:

Post a Comment

watch first and then search