watch first and then search

watch first and then search

Monday, June 18, 2018

समयमा मुआब्जा नपाएको भन्दै निर्माणाधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थलको जग्गा अधिग्रहणमा परेका स्थानीय आन्दोलित भएका छन् ।

भैरहवा — समयमा मुआब्जा नपाएको भन्दै निर्माणाधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थलको जग्गा अधिग्रहणमा परेका स्थानीय आन्दोलित भएका छन् । सोमबार बिहान देखि निर्माणस्थलमा जम्मा भएका सयौं किसानहरुले मुआब्जा वितरण सुरु नगरेसम्म काम संचालन हुन नदिने चेतावनी दिएका छन् ।
करिब साढे १७ सय किसानले मुआब्जा पाउनुपर्ने भए पनि अहिलेसम्म १२ प्रतिशतले मात्र पाएको उनीहरुको दाबी छ । डेढ वर्षदेखि मुआब्जा नपाएको र आफ्नो जग्गा बैंकमा धितो राखेर ऋण लिन पनि नपाएको उनीहरुको गुनासो छ । हरेक बस्तुमा मूल्यबृद्धि भइरहे पनि आफुहरुले तीन वर्ष अघिको मुल्यांकन अनुसार जग्गा अधिग्रहण गरेको भएकाले त्यसमा पूर्नमुल्यांकन हुनुपर्ने उनीहरुको माग छ । यस्तै, उनीहरुले मुआब्जा वितरणमा सरकारले लिने लाभकर समेत लिन नहुने माग राखेका छन् । किसानले लाभका लागि जग्गा नदिएर सरकारले आफ्नो लाभका लागि लिएकाले आफुहरुलाई लाभकर तिर्न बाध्य नपार्नु पर्ने उनीहरुको भनाइ छ । प्रकाशित : असार ४, २०७५ १०:१९

No comments:

Post a Comment

watch first and then search