watch first and then search
watch first and then search
Monday, June 18, 2018
तेरिया मगरको फिल्ममा हुनेछन् यी नायक
भारतीय चर्चित डान्स रियालिटी शो डिआईडीकी बिजेता डान्सर तेरिया मगर अब चलचित्रमा पनि देखिने भएकी छिन् । चलचित्र निर्माता म्याक टेन कालुका अनुसार तेरिया अब नेपाली चलचित्र क्षेत्रमा देखिन लागेकी हुन् ।
चलचित्र पटुकी बाट चलचित्र निर्माणमा प्रवेश गरेका म्याकले अब आफ्नो नयाँ चलचित्रमा नायिकाको रुपमा तेरियालाई खेलाउने बताएका छन् । चलचित्रमा तेरियाको लागि नायक भने म्याकले आफ्नै छोरा बिर्जन मिजारलाई छानेका छन् । चलचित्रको नाम अहिलेसम्म सार्वजनिक नभएता पनि केहि मिडियाहरुले मायाको मोल बताउँदै आईरहेका छन् ।
पटुकीले ब्यवसायिक सफलता हात नपारेपछि म्याकले अर्को प्रयास गर्न लागेका हुन् । सोचे अनुरुपको काम भएमा दोश्रो चलचित्रले भने दर्शकलाई हलसम्म तान्न सक्नेमा म्याक बिस्वस्त छन् । छोरा नायकको रुपमा देखिने चलचित्रमा म्याक टेन आफु भने भिलेन बन्नेछन् । बन्न लागेको चलचित्रमा म्याक टेन, बिर्जन र टेरियाको साथमा रजनी केसी, प्रमिला बिसी, बिनोद परियार लगायतको अभिनय रहने चलचित्रका कोरियोग्राफर सुजन बिश्वकर्माले बताए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment