watch first and then search
watch first and then search
Monday, June 18, 2018
नेपालीको लागि अत्यन्तै दुखद् खबर ,अब रोजगारको लागि नेपाली कामदार विदेश लान नपाउने ( पढ़नुहोस् )
काठमाडौँ । खाडीका सबै प्रकृतिका रोजगारदाता कम्पनीले नेपाली कामदार लान नपाउने भएका छन् ।
कामदारलाई न्यूनतम आधारभूत अधिकार नदिने साउदी अरब, कतार, यूएई, कुवेत, बहराइन र ओमनका रोजगारदाता कम्पनीमाथि नेपाली दूतावासहरूले नयाँ नेपाली कामदार लैजान नपाउने नीति कडाइका साथ लागू गर्न थालेका हुन् । यो खबर आजको कान्तिपुर दैनिकमा छ । साउदी अरबस्थित नेपाली दूतावासका उपनियोग प्रमुख आनन्दराज शर्माले कम्पनीको हैसियत हेरेर मात्रै नेपाली ल्याउन अनुमति दिन थालिएको बताए । ‘जुन कम्पनीले नेपाल सरकारले तोकेको न्यूनतम तलब निर्धारण गरेको छ ।
नेपाली कामदारले समस्या भोगेका छैनन्, त्यस्तोलाई मात्रै कामदार ल्याउन अनुमति दिन थालेका छौं,’ शर्माले भने । शर्माका अनुसार साउदीमा कामदार अलपत्र बनाउने म्यानपावरको नयाँ डिमान्डसमेत रोकिएको छ । जुन म्यानपावरले ल्याएका कामदार समस्यामा छन् र उसले अर्को कम्पनीको डिमान्ड ल्याएर अनुमति मागेको अवस्थामा कामदार ल्याउने अनुमति दिइएको छैन,’ उनले भने । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैशाख ३१ देखि ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका’ कार्यान्वयन गर्न नेपाली दूतावासलाई अख्तियारी दिएपछि कम्पनी र म्यानपावरमाथि कडाइ गर्न थालिएको हो ।
नेपाली दूतावासलाई विश्वास लाग्ने कागजात पेस गरे मात्रै रोजगारदाताले नेपाली कामदार लैजान पाउनेछन् । निर्देशिकाअनुसार रोजगारदाताले दूतावाससमक्ष कार्यरत नेपाली कामदारको अवस्था, उनीहरूको पछिल्लो तीन महिनाको पारिश्रमिक वितरणको अवस्था, कार्यस्थल, आवास, स्वास्थ्य र सुरक्षासम्बन्धी अवस्था, रोजगारदाताको वैधानिकतालगायत कागजात पेस गर्नुपर्छ । निर्देशिकाअनुसार अब नेपाली कामदार लैजाने कम्पनी मागपत्र प्रमाणीकरण गर्न आफैं नेपाली दूतावास पुग्नुपर्छ । दूतावासले मागपत्र प्रमाणीकरण/अभिलेख नगरेसम्म कामदार ल्याउने प्रक्रिया सुरु हुँदैन । हामीले कतारका कम्पनीलाई तीन तहमा वर्गीकरण गरेका छौं । भिसा, टिकटको खर्च बेहोर्नुका साथै म्यानपावरलाई सेवा शुल्क दिने कम्पनीलाई कामदार ल्याउन तुरुन्तै अनुमति दिन्छौं,’ कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले भने, ‘फिल्ड अनुगमनसमेत गरिएको छ ।’
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment