watch first and then search

watch first and then search

Wednesday, June 20, 2018

यति राम्री भर्खरकी तरुनी चोर्दा चोर्दै रंगेहात समातिईन् (भिडियो)

माथिको फोटो मा क्लिक गर्नुहोस्
धेरै जसो २०० देखि ५०० सम्म दिन्थे, कसैले रातभरि सुतेर पनि पैसा दिंदैनथ्यो, यसरी म बेश्या बने
डिल्लीबजार जानु पर्ने भएकाले म बागबजारको बाटो हिँड्दै थिएं । पिके क्याम्पसको गेटनेर पुग्नै लाग्दा कोहि मेरो अगाडी आएर भन्यो-‘ के छ उषा ‘?कहिं देखे देखे जस्तो लाग्ने अनुहार र सुनेकै आवाज हो भन्ने लाग्दा लाग्दै पनि ठम्याउन गाह्रो पर्दै थियो । आफ्नो नामै लिएर बोलाउने मान्छेलाई ‘को तपाई’ ? भनेर सोध्न पनि अप्ठ्यारो लाग्दै थियो ।म सपना । चिनीनौ के हो ?’ उसले हाँस्दै भनि ।एकछिन त म हेरेको हेरेई भएं ।
उसको शिर देखि पाउ सम्म हेर्दै भनें- ‘कस्तो भएको तिमी चिन्नै नसकिने ।’ए फेरी हाँस्दै बोली -‘नराम्री भएको छु अरु सबै उस्तै हो ।’त्यहि हाँसो हो उसको तर खै आज मलाई उसको अनुहारमा पटक्कै नसुहाए झैं लाग्यो । ‘कहाँ बस्छौ सपना ?’यहिं नजीकै एउटा नामको मात्र कोठा छ, तिमीलाई फुर्सद छ भने चिया बनाएर खुवाउँछु’ ।हुन्छ हिँड’ । मलाई उसको कोठामा जान मन लाग्यो ।उ भेटीनुमा म खुशी थिएँ या दुखी आफैं अलमलमा थिएं । म उसको पछि पछि लाग्दै थिएं । तर मलाई कोहि अन्जान ब्यक्ती लाग्दै थिई सपना । अर्को दिन भेटौंला भन्न सक्थें त्यो पनि भनिन । बाटोमा उ म संग गफ्फीरहि । मैले आधा आधी मात्र सुनें होला ।‘तिमी अझैं पनि उस्तै रहेछौ है उषा’ ? उ फेरी हाँसी ।उस्तै भन्नाले ?अरुकै कुरा मात्र सुन्ने, आफु नबोल्ने ।
उसका गडेका आँखा हेर्दै मुस्कुराएं म ।उसले प्रशंसा गरि -तिम्रो हाँसो खुब राम्रो छ । बागबजारको गल्ली भित्रको पुरानो घरमा छिर्दै बोली सपना, ‘मेरो जिन्दगी र यो घर उस्तै छ सबैतिर अँध्यारो’ । भुईंतलामा रहेको कोठाको ढोका खोल्दै फेरी थपी उसले -धन्न लाईन भएको बेलामा परेउ तिमी, उसले कोठाको बत्ती बाली ।एउटा सानो खाट, भुईंमै राखिएको ग्याँस चुलो, कोठाको आधा भाग मात्र ढाकेको प्लास्टीक कार्पेट, जुन ठाउँ ठाउँमा च्यात्तीएको थियो । अस्तब्यस्त लुगाहरु छेउको सानो टेवलमाथी थुपारिएको, सपनाको कोठा, सपनाको अनुहार जस्तै बिरक्त लाग्दो थियो ।म खाटमा बसें, सपना चिया बनाउँदै सोधि,’पढ्दै छौ होला है तिमी ‘?अँ । मैले छोटो उत्तर दिएँ ।‘के गर्नु मैले पनि पढेको भए केहि हुन्थ्यो की’ ।
सपनाले यस अघि कहिल्यैं पढाईको कुरा गर्दैनथी, जसरी पनि पैसा कमाउने हो, पढेर समय के खेर फ्याक्नु भन्ने सपना आज नपढेको प्रसंग जिन्दगी संग जोड्दैछे ।उसले चियाको कप मलाई दिंदै भनि –बोलन के भएको तिमी संधै उस्तै लाटी’ ।५ बर्ष पहिले राखिएको मेरो लाटी नाम आज फेरी उसले सम्बोधन गर्दा नजानिदो खुशी लाग्यो मलाई ।यो लाटी सम्बोधनले कसैको याद आयो, झट्ट सोधें, -अनिल खै त ?‘तिमी त्यसको कुरै नगर, सब त्यसकै कारणले यस्तो भयो । सालेले मेरो जिन्दगी बबार्त बनायो’ । उ रिसाएझै गरी ।उ बिदेशबाट आएको छैन ?खै कता मर्यो, तिमीलाई मेरो जिन्दगीको रामकहानी थाहै छैन उषा । देखेनौ मेरो अवस्था, मेरो हालत, यो कोठाको गती ? उसको आँखाभरि आँशु भयो । म के भनौं भनौं को स्थीतीमा अल्मलीएं फेरी, उसले जीन्दगीको आधा आधी बिरत्तता कोठामा छिर्नु अघिनै सुनाईसकेकी थिई, अस्पस्ट भाषामा एक छिन कोठाको वातावरण मौन भयो, मेरो स्वभाव अरुझैं के भयो भन न प्लीज भन्ने खालको छैन, यस्ता कुराले म भित्र आफ्नै प्रस्न र उत्तर हुन्छन् । त्यो सपनालाई थाहा छ ।
एक छिन पछि उ आँफैं बोली-मैले तिमीलाई साह्रै सम्झेको थिएं, एक मन त सोचेको थिएं, तिमी भेट हुन्नौ होला । संजोकले आज तिमी भेटीयौ, तर अचम्म तिमीलेमलाईचिनिनौ मलाई यो शहरमा कसैले नचिने हुन्थ्यो जस्तो लाग्छ, आज तिमीलाई देखें बोल्न मन लाग्यो ।सपना मलाई हेर्दै भन्दै थिई यी कुरा । दुखका नमिठा कुरा उसले यति मिठा शब्द प्रयोग गरेर बोली । सधैं हाँस्नु पर्ने, ठट्टा गर्नुपर्ने, राम्री हुनुपर्ने, जीस्कीरहनु पर्ने सपना आज अर्कै भईछ ।तिम्रो र मेरो अन्तीम पटक भेट हुँदा म डान्सबारमा काम गर्थें है ? उसले सोधी ।अ, अहिले पनि काम गर्दैछौ त्यहाँ ?जमानामै छोडेको, अनिलले पैसा नपठाएर मैले त्यो काम गरेको थिएं । तिमीलाई भेटेको २ महिना पछि अनिल दुबईबाट फिर्ता आयो, काम गर्न गाह्रो भयो भन्दै ।
मेरो ईज्जतको ख्याल नगरी तैले डान्स बारमा काम गर्न थालिस भन्दै झगडा गर्न थाल्यो आउन साथ । उसले सोचेन काठमाडौको ठाउँमा कोठा भाडा तिर्न र खानको लागि कति मुस्कील भयो होला र यो काम गरी होली बिचरा भनेर । कमाउन गएको लोग्ने बिदेशबाट रित्तो हात फर्केको थियो ।छोड्दे यो काम म जसरी पनि पाल्छु भन्न थाल्यो । कोठा कसरी चल्छ अनिल अब भनेर सोध्यो भने तंलाई बेश्या हुन मन लागेको भन्दै उल्टो उल्टो कुरा गर्न सुरु गथ्र्यो । राति राती रक्सी खाएर आउँथ्यो उ, चिनेका मान्छे संग २००– ५०० जति पाउँछ, त्यती सापट माग्दै हिड्न थाल्यो । जति बेला झगडा, बोल्दा बोल्दै उ पिट्न आईपुग्थ्यो । मैले सोचें केटा मान्छेको आफ्नै ईज्जत हुन्छ, मैले डान्सबारमा काम गर्दा उसलाई अरुले हेपेर बोलेर पो उसले यस्तो गरेको हो की । यहि सोचेर मैले काम छोडें । केही कुरा गर्न खोज्योकी उ निउँ खोज्न थाल्थ्यो- हेपेको तिमीले मलाई कमाउन सकेन भनेर ?
यसरी नै ३ महिना बित्यो, मैले सर सापट गरेर कोठा चलाएं । एक दिन अनिलले भन्यो सपना म अर्को कन्ट्री एप्लाई गर्छु पैसा खोज ।कहाँ खोज्नु मैले रु तिमीलाई दुबई पढाउँदा दाई भाउजु संग रोएर मागेको मैले । ज्वाईले बिदेशबाट पठाउना साथ तिर्छु भनेर । अब अन्त कसले दिन्छ मलाई ?तिमी त दुनियाँ लाई चिन्छौ नि । मागन सबै संग अलि अलि , म तिर्दीन्छु यार । उ फेरी झोक्कीयो ।के गर्नु उ नेपाल बसे यहि हो ताल । यहि सोचेर मैले चिनेजति सबै संग पैसा मागें ब्याज तिर्ने सर्तमा । १ लाख २५ हजार जम्मा भयो । उ मलेशिया जाने भयो फेरी । धेरै कुर्नु परेन एप्लाई गरेको २ महिनामानै भिसा लाग्यो । मलेशिया पुगेर फोन गर्यो म पुगें भनेर ।उ गएको १५ दिन पछि थाहा भयो म प्रेग्नेन्ट (गर्भवती) रहेछु । कैले अनिलले फोन गर्ला र यो कुरा सुनाउँला भनेर खुब हतारो लागेको थियो । उसले फोन गरेन । मैले अनिललाई त्यही नम्वरमा फोन गरें, जुन नम्वरबाट उसले मलेशिया पुगेर मलाई फोन गरेको थियो ।एक जना केटाले फोन उठायो । मैले अनिललाई सोध्दा उसले अनिल ऐले म संग बस्दैन, भेटें भनें फोन गर्न भनिदिउँला भनेर फोन राख्यो ।
३ महिना बित्यो, अनिलको फोन आएन । एक दिन साँझ अनिलले फोन गर्यो, फोन उठाउना साथ रुन थालें म । उसले किन रोएको भनेर सोध्नुको साटो रुनाधुना छोड के छ अरु सुनाउ भन्यो रुखो पारामा ।तिमीले के गरेको अनिल, ऋण खोजेर मलेशिया पठाएं, यहाँ सबैजना पैसा माग्दै छन्, एक कल फोन गर्दैनौ । सन्चै छौ की के भयो भनेर मन आतिन्छ । यति भन्दै थिएं‘हेर बढि नाटक नगर कत्तीन माया गर्ने जस्तो’ भन्यो फेरी ।के भएको छ अनिल तिमीलाई ? यहाँ म प्रेग्नेन्ट छु, ४ महिना हुन लाग्यो । तिमीलाई सुनाउन कति रहर थियो । मैले रुंदै भनें ।के रे ? हावा कुरा नगर है सपना ।के हावा कुरा बच्चा हुँदैछ हाम्रो ।ओई तँ मलाई फँसाउन आएको रैछेस् होईन ? म नहुँदा डान्सबारमा काम गरिस, कती जना संग मस्ती मारिस ।
अब मलाई भिराउन खोजेको त्यो बच्चा रु हेर् मैले यहि भन्न फोन गरेको थिएं । म तँलाई माया सायाँ के गर्दिन,तँ जस्तो केटी मेरो जीवनमा बति आए कति गए, उसले हाँस्दै भन्यो । मलाई यी सबै कुरा पत्याउन गाह्रो भईरहेथ्यो । अनिल रक्सी खाएको छौ के हो रु मैले नरम हुँदै भने ।के रक्सी खानु, मैले यहि भन्न फोन गरेको थिएं ल राख्दीएं भन्दै फोन काट्यो ।म न त रुन सकें न हाँस्न । धर्ति नै भासिएझैं भयो । फोन डाएल गरें अनिललाई १३ पटक फोन काट्यो र एउटा म्यासेज पठायो । सपना प्लीज जे भयो बिर्सिदेउ,मेरो अर्कै गलफ्रेन्ड छ, म उसलाई छोड्न सक्दीन । मलाई फोन नगर ।मैले राति सम्म फोन गरिरहें । उसले फोन उढायो बल्लबल्ल र भन्यो तँ लाई राम्रो मुखले भन्दा हुँदैन की के हो । यतिका समय मैले वास्ता नगरे पछि आँफै बुझ्नु पर्ने हो । आफ्नो सुर गर तँ ।
त्यसछि उसको मोवाईल अफ भयो ।कोठा भाडा नतिरेको २ महिना भएको थियो । सामान ल्यायाउने पसलको उधारो नतिर्दा बाटो हिड्न मुस्कील भएको थियो । उसलाई दुबई पठाउँदाको ऋण भाउजुले माग्न थाल्नु भएको थियो । मलेशिया पठाउँदा पैसा दिने हरु अबत पैसा पठाउन थाल्यो होलानी बुढाले भनेर सोध्न थालिसकेका थिए । अनिलले आज के सोचेर मलाई आफ्नो सुर गर् भन्यो । त्यो रात रोएरै कटाएं ।अनिलको फोनको बाटो हेरें, कतिपटक उसको बन्द भएको मोवाईल खुल्यो की भनेर फोन ट्राई गरें । १५ दिन अनिलको फोनको पर्खाई र जीन्दगी सोचेरै बित्यो । अब अनिलको फोन आउन्दैन भन्ने पक्का भयो मलाई । मैले बच्चा फ्याकीदीने सोचें ।एक दिन मेरिस्टोप गएं पैसा खोजेर । ४ महिना कटेको बच्चा फ्याक्न नमिल्ने कुरा सुनायो डक्टरले । प्राईभेट क्लीनीकमा फाल्छ अरे भन्ने सुनें , एकजना आईमाईबाट । त्यहाँ गएको १८ हजार माग्यो । १८ सय जुटाउन नसक्ने अवस्थामा १८ हजार कहाँबाट ल्याउने फर्कीएं तेस्सै । कोठमा आउँदा साह्रै भोक लागेको थियो ।
१५ सय थियो ग्याँस ल्याएर भात पकाएर खाएं । कति दिन भएको थियो राम्रोसंग भात नखाएको । पेटभरि भात खाएर मज्जाले निदाएं, उ नमिठो हाँसो हाँसी मेरा आँखा रसाए ।
अनि के भयो ?के हुनु दुख पाउन लेखेको १८ हजार खोन्दा खोज्दै दिन बिते । दुब्लाएको शरिरमा रंग उडेको अनुहार ऐना हेर्न पनि मन लाग्न छोड्यो । मैले कोठा चलाउन नसक्दा काम खोजें, कशैले सुझाव दिन्थे यस्तो अवस्थामा काम गर्न हुँदैन, कसैले सोझै छैन काम भन्दै हर्काथे ।माईतमा गएर दाई भाउजुलाई यी कुरा सुनाउदा दाईले यो पटक मेरो घरमा टेकीस अब आईन्दा बाटोमा देखेपनि मलाई नबोलाउनु भनेर हिडें, भाउजु जङगीन थालीन् हेर तिर्लान् नि त भनेर तेत्रो पैसा दिएं । अझ लाज पचेर मेरो दैलोमा रुन आउने । हामीले त्यो केटासंग बिहे नगर भन्दा हाम्रो कुरा सुनेथ्यौ ?बिकल्प नभएपनि पेटमा भोक लाग्थ्यो, घरबेटी र पसले दीन दिनै ढोको ठक्ठकाउन आईपुग्थे । मनले नराम्रो काम हो भन्ने जान्दा जान्दै पनि मैले ग्राहक खोज्न थालें । अवस्थाले मजबुर गर्छ जीन्दगीलाई ।मैले ग्राहक खोज्न थालें । बिस्तारै मेरो कोठामा घर बनाउने ज्यामी केटाहरु र ठेकेदार सम्म आउन थाले । ड्राईभर र खलासीको फोन आउन थाल्यो । २०० देखि ५०० सम्म दिन्थे तिनीहरु । कसैले रातभरि सुतेर पनि पैसा दिंदैनथ्ये ।
साह्रै गाह्रो हुन्थ्यो पेट दुखेर,तै पनि आएका मान्छे टाढिन्छन् भनेर उनिसंग कैलेहि गुनासो गरिन । ति मध्य एकजना ड्राईभर मेरो अलिक नजिक भयो । १०००– २००० रुपैयां छोडिदिन्थ्यो । भोजपुर तिरको गुरुङ थियो उ ४० बर्ष जतिको ३ वटा छोराछोरीको बाउ ।गर्भवति हुँदा पोसिलो खाना नखाए, गह्रौ काम गरे, बच्चा खेर जान्छ, कमजोर हुन्छ भन्ने सुनेको थिएं तर मैले चाहेर पनि त्यो मेरो बच्चा खेर गएन । जन्मनै लेखेको रहेछ, भाग्यमानी पो छ कि झै लाग्थ्यो । यति धेरै दुख पाउँदापनी मैले सन्तान छोरा नै होस भनेर मागिरहें । आफु छोरी हुनुमा घृणा जागेर । अहिले पनि सम्झन्छु जब अनिलको प्रेममा थिएं । अनिल संधै जीस्काउथ्यो, हेर है सपना मलाई त छोरी नै चाहिन्छ । मेरो छोरी संसार भरमा सबैभन्दा राम्री हुन्छे,कसैले मेरो छोरीलाई रुवायो भने मेरो पिटाई खान्छ । उसले भनेका ति कुरा मैले भुल्नै पर्ने थियो । जब उसले नै कसैकी छोरीको जीन्दगी नरक बनाईदिएको थियो ।७ महिना लागेपछि सबै ग्रहक टाढिए, त्यो गुरुङ आईरहन्थ्यो । ८ महिनाको गर्भवति हुँदा पनि मैले उसको त्यास मेटाईरहें ।
९ महिनाको आधा आधिमा छोरी जन्मीई । बैगुनी भगवानले के के बदला लिए मलाई छोरी नै दिएर छोरी नै जन्मीय पनि हेर्न मन लाग्यो, अनिलकी छोरी अनिल जस्तै लाग्यो खै मलाई त्यस्तै लाग्यो या छोरी त्यस्तै थिई । सुत्केरी खर्च अस्पतालले १ हजार रुपैंया दियो ।छिमेकी दिदिले अस्पताल लगेकी दिहिन् मलाई । सुत्केरी भएको भोलीपल्ट त्यही हजार रुपैंया तिरेर ट्याक्सीमा कोठा फर्कीए । बाँकी बँचेको पैसाले बच्चलाई एक जोर लुगा किनीदिईन ति दिदीले । घर आएं, दाल र चामल पहिले नै किनेर राखेको थिएं । त्यो छाक त्यहि छिमेकी दिदीले पकाईदिहिन् ।
ल बैनी जति सक्थें गरें, मेरो नि बुढो गतिलो छैन, कराउँछ, काममा जानुपर्छ, छोराछोरी हेर्नुपर्यो, फुर्सद हुँदा आउँला भनेर छिमेकी दिदी गईन ।बेलुका आँफैंले खाना बनाएं, टाँका लगाएको घाउ सजीलो गरि उठ्न बस्न नमिल्ने, आँफै खाना बनाउँथें, लुगा धुन्थें, वरपर बस्ने कोहि बोल्दैन थे राम्रो संग । यस्तो अवस्थामा पनि छोरीको मुख हेर्दा सन्तोष मिल्थ्यो । १ महिना पछि त्यो ड्राईभर गुरुङ फेरी आयो । भोकाएको गिद्धले भेटेको सिनो झैं थिएं म उसको लागि । छोरी २ महिनाकी लाग्दै थिई, त्यो गुरुङले बिहे गरौं भन्न लाग्यो । मेरो घरको बुढि बिरामी भएर मरी भन्यो उसले । सयौं जना संग शरिर बेचेर छोरी हुर्काउनु भन्दा ठिकै छ यो बच्चाले बाउको नाम पनि पाउँछे ।

No comments:

Post a Comment

watch first and then search