watch first and then search

watch first and then search

Friday, June 22, 2018

वैदेशिक रोजगारीको पीडा : घरमा फर्किँदा न श्रीमती न धन सम्पत्ति

सँगै जिउने, सँगै मर्ने बाचा बन्धनका साथ बर्दगोरिया ३ खैरेनीका शिवराज भण्डारी र बर्दिया पाताभारकी कमला आचार्य वैवाहिक सम्बन्धमा बाँधिए । घरपरिवारको आपसी समझदारी र दुबैजनाको राजीखुशीले २०७०जेठ २७ गते उनीहरूको विवाह भयो, यो सँगै उनीहरूको जिन्दगीको नयाँ अध्याय पनि सुरुभयो । गाउँमा वर्षभरि खेती गर्दा पनि खान लाउन मुस्किल पर्थ्यो । गाउँघरका साथीभाइ पनि एकपछि अर्को गर्दै विदेश जान थाले । परिवारको नाजुक आर्थिक अवस्था देखेर भण्डारीले पनि वैदेशिक रोजगारीको सपना बुने ।
घरपरिवारको सल्लाहअनुसार २०७० मङ्सिरमा उनी वैदेशिक रोजगारको यात्रामा हिँडे । बुढाआमाबा बिहेगरेको ६ महिनामै श्रीमती घरमा छोडेर परिवारको ठुलो सपना मनमा सजाउँदै उनको विदेश यात्रा सुरुभयो । एसएलसीसम्म पढेका उनी रोजगारीका लागि मलेसिया पुगे ।
कामपनी राम्रै थियो, दामपनी राम्रै थियो तर गाउँघरको याद, बुढाआमाबा र भर्खरै बिहेगरेकी श्रीमतीको सम्झनाले विदेशमा कामिगर्न उनलाई त्यति सहज भने थिएन । एकपछि अर्कोगर्दै दिनहरू जसोतसो बित्दै गए, प्रत्येक महिना तलब बुझ्नासाथ भण्डारी श्रीमती कल्पनाको नाममा पैसा पठाउँदै गए ।
विदेशमा गरेको दुख र पसिनाले श्रीमतीको हरेक चाहानाहरू उनी पुर्‍याउने कोसिस गर्थे । ठुलो आस अनि भरोसा थियो, उनलाई श्रीमती माथि । तर उनको त्यो आस र विश्वास एकाएक खरानी भयो, जब तीनबर्ष विदेश बसेर उनी स्वदेश फर्किए न श्रीमती न सम्पत्ति ।
छोरा विदेश गएको ३ महिनासम्म बुहारी आफूहरूसँगै बसेकि थिइन भण्डारीका बुबाआमा भन्छन् “त्यसपछि एक दिन बिरामी छु भन्दै अस्पताल हिँडेकी थिई, उतैबाट माइती पुगीछे, हामीलाई खबरसम्म गरिन ।”
श्रीमती माइती गएपछि आफूसँग सम्पर्क भएको भण्डारी बताउछ्न । श्रीमती कमलाले माइतीमै बसेर पढ्ने बताएपछि आफूले पनि सहमति जनाएको शिवराजले बताए । त्यसको करिब १ वर्षपछि माइतीमा बस्न गाह्रो भएको भन्दै काठमाडौँ गएकी थिइन, उतै अर्कैसँग बिहे गरिछन् आफूलाई थाहा नभएकोले उनकै नाममा पैंसा पैसा पठाउँदै गरे उनी भन्छन्(जब २०७४ पुसमा आफू नेपाल फर्किए, श्रीमतीलाई गर्भवती अवस्थामा अरूसँग देखे, त्यसपछि आफू छाँगाबाट खसे जस्तै भए ।
आफूले जन्मदिन आमाबुवा भन्दा बढी विश्वास गरेको श्रीमतीले विश्वास घात गरेपछि अहिले आफू घर न घाटको भएको उनी बताउछ्न ।
विदेशमा आफूले मेहनत गरी कमाएको करिब १० लाख रकमसहित श्रीमती अर्कैसित हिँडेपछि उनी ठुलो सङ्कट खेपिरहेका छन् । रकम फिर्ता पाउने आसमा धेरै दौडधुप गरे उनले भने तर अहिलेसम्म केही टुङ्गो छैन ।

No comments:

Post a Comment

watch first and then search