watch first and then search

watch first and then search

Friday, June 22, 2018

लापरबाहीको यो हदः लत्रिएकाे तारबाट करेन्ट लागेर वृद्धको ज्यान गयो

८ असार, रामेछाप । जिल्लाको सुनापती गाउँपालिकामा करेन्ट लागेर एकजना वृद्धको ज्यान गएको छ । सुनापति गाउँपालिका–१ का गुन्सी ढोडेनीमा भुँइमा लत्रिएको बिजुलीको तारमा करेन्ट लागेर दोरम्बा गाउँपालिका–५, गुराँसेका ७० वर्षीय पासाङ तामाङको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्र थापाले डोको बेच्न हिँडेका तामाङको किसान जागरण समूह गुन्सीले उत्पादन गरेको विद्युतको लत्रिएको तारबाट करेन्ट लागेर मृत्यु भएको जानकारी दिए ।
स्थानीयले किसान जागरण समूह गुन्सीको लापरबाहीका कारण घटना घटेको आरोप लगाएका छन् । बिजुलीको पोल ढलेर विद्युत्तीय तार लत्रिँदासमेत स्थानीय सरकार र किसान जागरण बेखबर बनेको भन्दै उनीहरुले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।
२०७५ असार ८ गते १०:२९ मा प्रकाशित

No comments:

Post a Comment

watch first and then search