watch first and then search

watch first and then search

Wednesday, June 27, 2018

बहुचर्चित गीत बोल मायाका गायक प्रकाश सपूत कार दुर्घटनामा, यस्तो छ उनको अवस्था



असार १३, काठमाडौं । पछिल्लो समयको चर्चित लोक दोहोरी गीत ‘बोल माया’का गायक प्रकाश सपुत कार दुर्घटनामा परेका छन् । बुटवलबाट बाग्लुङ जाँदै गर्दा गएको सोमबार एकाबिहानै २ बजे समयमा पोखरा सडकखण्डमा दुर्घटनामा परेका हुन् ।

रातको समयमा सडकको बारेमा त्यतिधेरै जानकार नभएकोले सानो गल्लिबाट चालकले गाडी छिराउँदा दुर्घटनामा परेको प्रकाश सपूतले बताएका छन् । अहिले कार्यक्रमका लागी पोखरामा रहेका प्रकाश सपूतले टेलिफोनमा कुरागर्दै भने, ‘त्यति ठुलो दुर्घटना त होइन तर गाडी थोरै अगाडी गएको भए बाचिन्थ्यो जस्तो लाग्दैन, धन्न बाँचियो ।’

गायक सपूत पछिल्लो समय ‘बोल माया’ गीतकै कारण निकै चर्चामा छन् । केहिसमय अघिमात्रै मलेसियामा सांगितीक प्रस्तुती दिएर फर्केका उनी अहिले देशभित्रकै बिभिन्न कार्यक्रमहरुमा ब्यस्त छन् ।तलको भिडियो हेर्नुहोस् गायक प्रकाश सपुतले कसरी दुर्घटनामा परे त्यो बिषयमा बोलेका छन् ।

No comments:

Post a Comment

watch first and then search