watch first and then search

watch first and then search

Monday, June 25, 2018

यौनकर्मीलाई लक्षित गरी सरकारले ल्यायो नयाँ कानुन, भदौबाट लागू हुने



सरकारले यौनकर्मीहरुलाई लक्षित गरी कडा कानुन ल्याउने भएको छ । काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश सहरमा यौनधन्धा फैलिँदा समाजमा विकृति बढ्न थालेपछि सरकारले कडा कानुन ल्याउन लागेको हो ।

सहरका सार्वजनिक स्थलहरूमा नै खुलेआम यौनजन्य गतिवित्रि मौलाएपछि यसलाई रोक्ने गरी आउँदो भदौ १ गतेबाट लागू हुने गरी नयाँ कानुन ल्याउन लागिएको हो । उक्त कानुनमा सार्वजनिक स्थानमा अश्लील गतिविधि वा यौन क्रियाकलाप गरे कैद र जरिवाना हुने व्यवस्था गरिएको छ ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १२३ मा यस्तो कारबाहीको व्यवस्था गरिएको हो, जुन आगामी भदौ १ गतेबाट कानुनका रुपमा लागू हुनेछ ।

‘कसैले सार्वजनिक स्थानमा वा अरु मानिसले देख्ने गरी अन्य कुनै स्थानमा कसैसँग यौनक्रिया गर्न वा कुनै किसिमको अप्राकृतिक मैथुन गर्नुहुँदैन’ भनिएको छ । यसो गरे १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

No comments:

Post a Comment

watch first and then search