watch first and then search

watch first and then search

Thursday, June 7, 2018

पासपोर्ट ‘होल्ड’ गर्ने अखडामा छापा, ४० पासपोर्टसहित होटल मालिक पक्राउ

काठमाडौँ, २४ जेठ । प्रहरीले विदेश पठाउने नाममा अवैध रुपमा पासपोर्ट संकलन गर्ने अखडाहरुमा छापा मार्न सुरु गरेको छ । युवाहरुलाई विदेश पठाउने नाममा होटल, लज, रेस्टुरेन्ट, ट्राभल एजेन्सी लगायतले पासपोर्ट संकलन गरेर राख्ने गरेका छन् । बुधबार मात्रै प्रहरीले नयाँ बसपार्कको एक होटेलमा छापा मारेर विदेश पठाउने बाहानामा थन्क्याएर राखिएका ४० वटा पासपोर्ट जफत गरेको छ । राहदानी संकलन गरी राखेको आरोपमा महानगरीय प्रहरी प्रभाग गोंगबुले नयाँ बसपार्क मित्रनगरमा रहेको स्वर्गद्वारी गेस्ट हाउसका संचालक रोल्पा मावि गाउँपालिका–४ का प्रेमबहादुर बिकलाई पनि पक्राउ गरेको छ । राहदानीसहित प्रहरीले विकलाई वैदेशिक रोजगार विभागमा बुझाएको छ । यस्ता केन्द्रहरु म्यानपावरले तोकिएकोभन्दा बढी पैसा अशुल्ने स्थानका रुपमा प्रयोग गरिरहेका छन् । उनीहरुले नै मिलेमतोमा एजेन्टका लाखभन्दा बढी शुल्क अशुल्ने र म्यानपावरबाट १० हजारको रसिद थमाउने गरेका छन् । यस्ता पासपोर्ट संकलन केन्द्रले लामो समयसम्म पासपोर्ट होल्ड गरेर राख्ने गरेको पनि पाइएको छ । अब विदेशिने युवालाई प्रलोभनमा पारेर महिनाअघिदेखि अग्रिम शुल्क उठाउने र अवैध रुपमा विदेश पठाउने कार्यमा संलग्न हुनेविरुद्ध कारवाही अभियान सुरु भएको हो । यस्ता पासपोर्ट संकलन गर्ने अखडाहरुको सूचना लिएर कारवाही गर्ने कामको सुरुआत भएको श्रम तथा रोजगार मन्त्रालय स्रोतले जनाएको छ ।

No comments:

Post a Comment

watch first and then search