watch first and then search
watch first and then search
Monday, June 11, 2018
भिडियो हेर्नुहोस – सबैको नजर यही पर्छ त्यसैले मैले पनि यहीँ ट्याटू हानिदिएको हो
गायिका लक्ष्मी आचार्य गायिका मात्रै होइन नेपाल टिम्बर कर्पोरेशनकी कर्मचारीसमेत हुन् । सांगीतिक क्षेत्रको कामले जागिर छाड्ने मनस्थिति उनको छ । तर छाडिसकेकी छैनन् । हट र सेक्सी हुँ भन्न रुचाउने लक्ष्मीलाई आफ्नो आँखा सबैभन्दा सेक्सी लाग्ने गर्दछ ।
लोकगीत गाउने कलाकारभन्दा सबैले सिम्पल होला भन्ने मनस्थित बनाएका हुन्छन तर उनी त्यस्ति छैनन् । उनी फेसनेवल छिन् त्यसैले उनलाई चलनचल्तिका पहिरन लगाउन रुचाउँछिन् । उनको विचारमा पहिरन लगाउँदा सजिलो महशुस हुने पर्छ । उनी भन्छिन्, ‘ड्रेस लगाउँदा इजी फिल हुनु पर्यो चाहे त्यो छोटो होस् चाहे लामो ।’
गायिका आचार्यलाई छोटा लुगा मन पर्ने भएकाले उनलाई समय पनि गर्मी नै मन पर्दछ । लामो कपडाभन्दा छोटा कपडाले उनलाई सजिलो महसुस हुने खुलस्त पारिन । कतिपय अवस्था यस्तो छोटा पहिरहने उनलाई अफ्ठ्यारो पार्ने गरेको पनि छ । त्यसैले छोटा कपडा भने बेला मौकामा मात्र पहिरन गर्ने बताउँछिन् । प्रायः पार्टी, सुटिङ, अन्तर्वार्ता आदिमा उनी छोटा लगाउँछिन् ।
सरकारी कर्मचारी भएकाले अफिसमा जाँदा छोटा कपडा लगाउन नपाउँदा भने उनलाई खिन्न लाग्छ । सरकारी कर्मचारीको ड्रेस कोड गर्ने व्यक्ति आफूलाई बनाइए कर्मचारीका लागि ग्ल्यामर डिजाइनका ड्रेसहरु बनाउन लगाउने बताउँछिन् ।
अहिलेसम्म अविवाहित रहेकी गायिका आचार्यले आफू भर्जिर रहेको बताइन् । आफ्नो भावी श्रीमान् काममा धेरै व्यस्त हुने खालको भए उपयुक्त हुने धारणा राखिन् । उनले यस्तो श्रीमान् पाए आफू गीत–मोडेलिङ पेशा छोडेर घरमै सिमित हुन तयार रहेको बताइन ।
यस्तो कुन खाइलाग्दो व्यक्ति भेटे उसका लागि सबै कुरा छोडेर गृहणी भर बस्न तयार छिन् । उनलाई घरधन्दाको काम पनि खुब मन पर्छ । अहिलेपनि उनी फुर्सदको समय घर धन्दामै व्यतित गर्ने गर्छिन् ।
उनी विभिन्न ठाउँमा कार्यक्रम लिएर पनि जान्छिन् । लोक गायिका ग्ल्यामर देखेर कतिले राम्रो मान्छ भने कतिले नराम्रो पनि सोच्ने गर्दछन् । उनी आफूलाई दर्शकको माग अनुसार पस्कन चाहन्छिन् । गायिका अल्लि राम्री होस्, स्टेज तताओस्, अलि हट देखियो र सबैलाई मनोरञ्जन दियो भन्न दर्शकको चाहना भएकाले आफू त्यही अनुसार चलेको उनको भनाइ छ ।
‘चाहिँदैन पनि भन्नु छ खोज्नु पनि यही हुन्छ ? दर्शकलाई चाहिने गल्यामर नै हो ।’ उनले तर्क दिँदै भनिन्, सामान्य कुर्ता सुरुवाल लगाएर सामाजिक सञ्चारमा फोटो पोस्ट गर्दा एउटा दुईवटा लाइक तथा कमेन्ट आउँछ तर गल्यामर ड्रेस लगाएर फोटो हाल्दा धेरै कमेन्ट किन गर्नुहुन्छ त ?
उनले आफू कोटामा एक्लै हुँदा हट फोटो खिच्ने गरेको उनले खुलस्त पारिन् । बाथरुमसमेत हट तस्बिर खिच्ने गरेका बताउँदै । उनले भनिन् ‘केटीहरु रुममा एक्लै हुँदा गल्यामर तस्बिर लिन रुचाउछन् । आफू कस्तो छु भन्ने सबैको चाहना हुने भएकाले बाथरुम र बेडमा प्रयाः आफूलाई मन लागेको पोजमा तस्बिर खिचिन्छ ।’
तपाईंलाई आफ्नो शरीरको कुन अंग मन पर्छ भन्ने प्रश्नमा उनले छातीतर्फ संकेत गर्दै अलिअलि लजाउँदै जवाफ दिइन्, ‘बुझ्नुहोस् न सबै भन्दा धेरै मलाई त्यो कुरा मन पर्छ ।’
उनले आफ्नो छातीमा सिंगारपुर पुगेर ट्याटू खोपाएकी छिन् । ट्याटू देखाउनको लागि बनाएको हो त्यसैले देखाउदा राम्रो हुने उनको तर्क छ । आफूले छातीमै ट्याटु हान्नुको कारण खुलाउँदै छातीमा कुदिएको मार्केट राम्रो भएकाले कुदेको बताइन् । उनले भनिन् ‘सबैको नजर यही पर्छ त्यसैले मैले पनि यहीँ हानिदिएको हो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment