watch first and then search

watch first and then search

Sunday, April 1, 2018

‘सरकारी निकायले जेलमा रहेको प्रेम बचाउन कुनै चासो दिएन : परिवार

इलाम,चैत १७ : विदेश गएर राम्रो कमाउने, परिवारलाई खुसीसाथ राख्ने उनको लक्ष्य थियो। आफ्नो देशमा रोजगारी नपाएकाले राम्रो पैसा कमाउने उद्देश्यका साथ उनी छ वर्षअघि वैदेशिक रोजगारीका लागि साउदी अरब पुगे। सुरुका समय त कमाई पनि राम्रै थियो, दक्षिणी इलामको माइ नगरपालिका– ४ का प्रेमबहादुर राई (राजु)को।
त्यसबेला उनले आफ्नो जीवन यसरी नै सुखका साथ वित्छ भन्ने सोचेका थिए। तर, जीवनमा कतिबेला परिवर्तन हुन्छ कसैलाई थाहा हुन्न। उनको जीवनमा पनि दुई वर्षअघि यस्तै नयाँ मोड आयो। आफ्नो परिवारलाई सुखका साथ पाल्ने लक्ष लिएर अरब पुगेका उनको जीवन नै कष्टकर बन्न पुग्यो। दुई वर्षदेखि राई साउदी प्रहरीको जेलमा कष्टप्रद जीवन बिताइरहेका छन्। उनले चलाएको लहरीले बोकको केबल तार चोरी भएपछि सो बापतको क्षतिपूर्ति तीन लाख १० हजार रियाल ( नेपाली ९५ लाख) भुक्तान नगरी नेपाल फर्कन नदिने अडान राखेर कम्पनीले मुद्दा हालेपछि उनी साउदी जेलमा कष्टकर जीवन बिताउन बाध्य छन्। प्रेमको रिहाइका लागि सरकार, परराष्ट्र मन्त्रालय र साउदी अरबस्थित नेपाली दूतावास गम्भीर नभएको भन्दै अहिले देश तथा विदेशमा प्रेम बचाउ अभियान संचालन गरेर रकम संकलन गर्न थालिएको छ। उनकी श्रीमती सरिता राई भन्छिन्, ‘ सरकारले पहल गरेर उद्धार गर्छ भन्ने आशामा कति पटक मन्त्रालय धाएँ। तर, भएन अनि अहिले श्रीमानको रिहाइको लागि कम्पनीले दाबी गरेको रकम संकलन गर्न थाल्यौँ।’यसरी पुगे प्रेम साउदी जेलमा प्रेम १२ जुन सन् २०१२ मा क्राउन इन्प्लोइमेन्ट प्रालि काठमाडौंबाट साउदी अरबको रियादस्थित अल सहलावी होल्डिङ कम्पनीको गाडी (लहरी) चालकको रूपमा साउदी गएका थिए। ४ सेप्टेम्बर सन् २०१५ मा उनी घर आइ पुनः १ जनवरी २०१६ त्यही कम्पनीमा कामका लागि गएका थिए। ३१ मार्च २०१६ का दिन लहरीमा सामान लिएर जाँदै गर्दा कम्पनीबाट १० किलोमिटर टाढा रियादको जनदिया पुगेपछि प्रेमबहादुर गाडी पार्किङ स्थलमा रोकेर साथी भेट्न गएका थिए। गाडी हराएको दुई दिनपछि अगाडिको सिसा फोरिएको अवस्थामा रित्तो ट्रक जनद्रियाबाट १० किलोमिटरको दूरीमा रोमा भन्ने स्थानमा फेला परेको प्रहरी रिपोर्टमा उल्लेख रहेको प्रेमका दाजु चक्रबहादुरले बताए। कम्पनीले आफूहरूले निर्देशन दिएको बाटो बदलेको र १३ घण्टा सडकमा बिताएको भन्दै चालक दोषी रहेको दाबी गर्दै अदालतमा तीन लाख १० हजार रियाल ( नेपाली ९५ लाख) क्षतिपूर्ति दाबी गरेको उनले बताए। विदेशका कुद्ने गाडीमा जिपिएस प्रणाली हुने भएकाले कसले र किन चोरेर लग्यो भन्ने जानकारी पाइने भए ता पनि कम्पनीले निर्दोष भाइलाई फसाएको दाजु चक्रबहादुरको आरोप छ। भाइलाई र नेपाली दूतावासलाई कुवेतबाट फोन सम्पर्क गर्दागर्दै महिनाको आधा तलब सकिने गरेको चक्रबहादुरले गुनासो गरे। उनले साउदीमा रहेको नेपाली राजदूतावासलेसमेत आफ्नो भाई रिहाइको लागि खासै चासो नराखेको बताए। सहयोगी हातहरुबाट प्रेम बचाउ अभियान‘चोरी आरोपमा पक्राउ परेपछि उहाँले सजाय भोगिसक्नुभएको थियो’, श्रीमती सरिताले भनिन, ‘सजाय सकेपछि घर फर्किन लाग्दा फेरि एयरपोर्टबाटै उहाँलाई पक्राउ गरेको हो।’ तीन लाख १० हजार बराबरको ९५ लाख रुपैयाँ बुझाउन नसक्दा प्रेम साउदी जेलमा कष्टकर जीवन बिताइरहेको सरिताले सुनाइन्। सहयोगी हातहरुबाट प्रेम बचाउन अभियान सञ्चालन भएपछि सरिताले आफ्नो श्रीमान स्वदेश फर्कने आशा व्यक्त गरिन्। उनले भनिन, ‘अहिले चाहिँ उहाँ आउनुहुन्छ भन्ने आशा पलाएको छ।’ प्रेमको जीवन रक्षाका लागि नेपाल र विदेशमा अभियान चलिरहेको छ। तर, उनले तिर्नुपर्ने रकम जोहो गर्न नसक्दा उनी अहिलेसम्म नेपाल फर्कन सकेका छैनन्। अहिलेसम्म ५० लाख रुपैयाँ बराबर संकलन भइसकेको सरिताले जानकारी दिइन्। उनले भनिन, ‘खातामा त १९ लाख ८० जम्मा भएको छ। त्यस बाहेक इन्द्रेणी कार्यक्रमले १७ लाख, जिफन्टमा ९ लाख र कुवेतमा ५ लाख गरी ३१ लाख संकलन गरिएको छ तर, खातामा आएको छैन। सबैतिर अभियान चलिरहेकाले अब ४५ लाख जति आवश्यक छ।’ गत जुलाई ५ मा प्रहरी हिरासतमा रहेको प्रेमबहादुरलाई त्यसपछि भने साउदी अदालतमा मुद्दा दायर गरेर जेल हालेको कुवेतमा रहेका उनका दाजु चक्रबहादुर राईले बताए। ‘१७ महिना हिरासतमा राख्दा भाइको स्वास्थ्यस्थित समेत विग्रिएको थियो। न त समयमा खाना र सुत्न पाउथ्यो तर अहिले जेलमा हालेकोले अलिक अवस्था सुध्रँदो छ’, कुवेतमा रहेका दाजु चक्रबहादुर राईले थाहाखबरसँग भने। हिरासतमा दिनहुँ शारिरीक र मानसिक यातना सहन उसलाई निकै गाह्रो भइरहेको थियो। हिरासतमा तिर्खा लागेका बेला पानीसमेत पिउन दिइएको थिएन’, प्रेमबहादुरले फोनमा पोखेको दुःख सुनाउँदै चक्रबहादुरले भने। ८ वर्षीया छोरी रासिका र १९ महिनाको छोरा रिसब छन् उनका। प्रेम तीन वर्ष साउदी बसेर पछिल्लो पटक चार महिनाको बिदामा आएका थिए। ‘डेढ वर्षका छोराले त बुवाको अनुहार पनि देखेको छैन’, अनुहार मलिन बनाउँदै सरिताले भनिन्। प्रेमको रिहाइका लागि भनेर चन्द्रसिंह कुलुङको संयोजकत्वमा ‘प्रेम बचाउन अभियान समिति’ नामक मूल समिति बनाइएको छ भने विभिन्न मुलुकहरुमा उपसमिति बनाएर सहयोग जुटाउने काम भइरहेको छ। ‘एउटा निर्दोष नेपाली अनाहकमा फस्न पर्‍यो’, समितिका संयोजक चन्द्रसिंह कुलुङले भने,‘अरू उपाय नदेखेपछि सहयोग संकलन सुरु गरेका छौँ। करिब ५० लाख जति सहयोग रकम संकलन भयो। अब भने रिहाइ प्रक्रिया अगाडि बढाउँछौँ।’ मूल समितिले नेपाल इन्भेस्टमेन्ट बैंक धुम्बाराही शाखाको ०२९०५०३०२८५१७९ नम्बरको खाता खोलेर सहयोग संकलन सुरु गरेको हो।-थाहा खबरबाट साउदीको जेल परेका इलामका प्रेम राई रुदै जेलबाटै गुहार माग्दै (भिडियो हेर्नुस) पौष, १६ काठमाडौं : गैरजिम्मेवारी काम गरेको आरोपमा इलामका प्रेम बहादुर र जेल जीवन बिताइ रहेका छन। क्राउन ओभरसिज प्रा लि सामाखुसी काठ्माण्डौबाट वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरबको अल सवाली इन्टरनेशनल कम्पनीमा पुगेका माइ गाउँपालिका ,दानाबारी इलामका ३०बर्सिय प्रेम बिगत २१महिना देखि साउदी अरेबियाको मलाज जेलमा भोग्नै नपर्ने दोहोरो सजाय भोगी रहेका छ्न । साउदी अरबको अल सवाली इन्टरनेशनल कम्पनीमा गाडी चालक काम गरिरहेका प्रेमले कम्पनीको करिब ३लाख १०हजार रियालको इलेक्टि्रकल केवल वाएर ढुवानी गर्दा बाटो मै बिश्रामको लागि ट्रक राख्दा प्रेमले चलाउने ट्रक सहित वाएर पनि चोरी भएको थियो। उक्त ट्र्क र वाएर चोरी भएपछि साउदी प्रहरीमा ट्रक र वाएर चोरिको दर्ता गराएपछी ट्रक फेला परे पनि उक्त वाएर भने फेला परेको थिएन। सोही आरोपमा उनि जीवन मरणमा जेल जीवन बिताइरहेका छन। प्रेम राइको लागि अहिले उनको परिवार सम्पुर्ण सम्बन्धित निकाय,राजदुतावास साउदी अरब,परराष्ट मन्त्रालय ,गैर आबाशिय नेपाली संघ ,तथा स्वदेश बिदेशमा आबद्द सरकारी तथा गैरसरकारी संघ सस्था संग सहयोगको लागि अपिल गरेका छन। प्रेमको छुटाउन करिब ९५लाख रकम रकम कम्पनि मालिकलाइ बुझाए पछि मात्र प्रेम छुटने देखिन्छ त्यसैले सम्पुर्ण सहयोगी संघ सस्थामा सहयोगको लागि अपिल गरेका छन। जसको सहयोगका लागि श्रीमती सरिता राइको बैंक खाता नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड धुम्बाराही , काठमाण्डौको खाता न: ०२९०५०३०२८५१७९ मा सहयोग गर्न सकिने साउदि जेलमा रहेका प्रेम बहादुर राइको भिडियो

No comments:

Post a Comment

watch first and then search