कडकनाथ अथवा बि एम सी कुखुरा एक कालो मासु हुने कुखुराको प्रजाती हो जसको रौ अनि छाला समेत कालो हुन्छ | कडकनाथ कुखुरालाइ स्थानीय भाषामा कालामासी , कालामास पनि भनिन्छ । किनभने यसको मासु ,छाला ,शरीरको रौ सबैकालो हुन्छ । भारत मध्य प्रदेश उत्पति मानिएको यो कालो कुखुरा , भारत को आदिबासी समुदाय मा लोकप्रिय छ |

बि एम सी अन्तर्गत प्रमुख ३ जात छन् जसमा : १ कडक नाथ ,२. .सिल्की , ३ आय्यम सेमानी हुन । त्यसमा पनि कडकनाथ प्रजातिको कुखुरा पालान र यसको ब्यवसायले नेपाल मा राम्रो सम्भावना बोकेको छ ।

पोषण तत्व
१ )प्रोटिन को मात्रा २५% भन्दा बढी हुन्छ साधारन्तय चराहरुमा १८ देखि २० % सम्म मात्र प्रोटिन हुन्छ |
२) cholesterol को मात्रा 0.७३ – १ .०५ % जबकि सेतो कुखुरा मा १३ – २५ % cholesterol हुन्छ |
३)अमीनो एसिडको मात्रा उच्च हुन्छ!
४) भिटामिन B1,B2,B6, B12, C र E, niacin , protein, fat, calcium, phosphorus, iron, nicotinic acids आदि रहेको हुन्छ |
मेडिसनल महत्व
१ ) महिलाहरु मा देखिने बाजोपन को उपचार , मष्तिस्क सम्बन्धित रोग , मुटु सम्बन्धित रोग हुने हरुको लागि यो जातको कुखुरा को मासु राम्रो हुन्छ|
२) दिर्घकालीन रोग हरु जस्तै arthritis, asthma, cancer, COPD, diabetes र भाइरल रोग हरु जस्तै hepatitis C र HIV/AIDS का लागि यो कुखुराको मासु फाइदा जनक छ ।
३) Blood Pressure को समस्या हुने हरुका लागि पनि यस्को मासु औषधी को रुपम प्रयोग हुँदै आएको छ ।
४) यो कुखुरा को मासु मा हुने पोषण तत्वहरु कारण ,रोग प्रतिरोधक को रुपमा पनि यस्को मासु प्रयोग गर्न सकिन्छ ।
५ ) यसको अण्डा मा समेत उच्च रुपमा प्रोटिनको मात्र हुने र फ्याट को मात्र कम हुने हुदा मानव स्वास्थ्य को लागि अति उत्तम हुन्छ | यस्को प्रयोग ले टाउको दुख्ने , रिङ्गटा लाग्ने र किड्नी को समस्या लाई नि कम गराउछ ।
नेपाल मा कडक नाथ जात को कुखुरा को ब्यबसायिक सम्भाना छ र हालसालै कहिँ कतै यसको पालन समेत गर्न थालिएको छ | यो कुखुरा नेपाल जस्तो हावापानी मा सजिलै गर्न सकिन्छ | हेर्दा कालो हुने हुदा धेरै ले यसलाई मन नपराउने भएता पनि यसको पोषण तत्व को हिसाब ले उत्कृस्ट कुखुरा को मासु मा कालो कुखुराको मासु पर्छ|
No comments:
Post a Comment