watch first and then search

watch first and then search

Tuesday, January 3, 2017

मदन भण्डारीको सम्झनामा इटहरा नमुना गाउँ...एस्तो खुशीको खबरलाई सक्दो शेयर गरी नेपालमा मदन भण्डारीको ठुलो पहिचान गराउन मद्दत गरौ



मोरङ, १९ पुस । स्व जननेता मदन भण्डारीको सम्झनामा उहाँको कर्मथलो मोरङको इटहरालाई मदन भण्डारी नमुना गाउँ बनाइने भएको छ । भण्डारीले आफ्नो राजनीतिक कर्मथलो बनाएको इटहरा गाविसलाई विकासका पूर्वाधार निर्माण गरेर नमुना गाउँ बनाउन लागिएको हो । त्यसका लागि इटहरा–८ लाई मदनग्राम नाम दिएर मदन भण्डारी स्मृति प्रतिष्ठानले भण्डारीको घर, जग्गालाई स्वामित्वमा लिई काम सुरु गरेको छ ।

विसं २०३२ सालदेखि इटहरा–८ मा बस्नुभएका जननेता भण्डारीको गाउँलाई विकास र सम्वृद्धिसँग जोड्न अभियान थालिएको मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष गुरु बरालले बताउनुभयो । उहाँ बस्नुभएको घरलाई अहिले संरक्षण गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ काम भइरहेको उहाँले बताउनुभयो ।

नेता भण्डारी जन्मनुभएको ताप्लेजुङको ढुङ्गेसाँघुदेखि मोरङको इटहरासम्मलाई नेपालको हिमाल, पहाड र तराईसँग जोडेर सहरी विकास मोडेल अनुसार नमुना गाउँ बनाउन लागिएको बरालले बताउनुभयो ।

उहाँका अनुसार मदन भण्डारीसँग भावी पुस्तालाई साक्षात्कार गराउन र उहाँका पहिचानलाई जीवित राख्न नमुना गाउँ अभियान थालिएको हो । त्यसका लागि भण्डारीको घरमा प्रयोग भएका ५३२ वटा सामानको सूची बनाएर सङ्कलन गरिसकिएको छ ।

No comments:

Post a Comment

watch first and then search