राजविराज, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, क्षेत्रीय कार्यालयका प्रमुख प्रेमप्रसाद भट्टराईले लिनेसँगै दिने व्यक्ति पनि तयार भएकाले भ्रष्टाचार बढेको बताउनुभएको छ ।

भट्टराईले खुद्रा पैसाका नाममा पनि भ्रष्टाचार भइरहेको बताउँदै रु पाँच, दश दिन पनि कोही चाहँदैनन्, लिनेले पनि माग्दैनन् ।” गाविस सचिवहरु गाविस कार्यालयमा नगएमा तिनलाई कारबाही गरिने चेतावनी पनि उहाँले दिनुभयो ।
कार्यक्रममा सप्तरीका प्रजिअ बलदेव गौतमले कर्मचारीले कामका नाममा बढी रकम माग्दा निरुत्साहन गर्न सेवाग्राहीसँग आग्रह गर्नुभयो । कार्यपत्र प्रस्तुत गर्दै आयोगका प्रहरी निरीक्षक ओमप्रकाश खनालले स्थानीय निकायमा जनप्रतिनिधि नभएको र आयोजनाको नियमित अनुगमन नभएका कारण भ्रष्टाचार बढेको बताउनुभयो ।
No comments:
Post a Comment