watch first and then search

watch first and then search

Monday, January 2, 2017

पेटमा ग्यास भरिन्छ ? त्यसो भए यसो गर्नुस्..

पेटमा ग्यास भरिन्छ ? त्यसो भए यसो गर्नुस्
>>>>>>>>>>>>>>>>>>>>>>>>
अस्वस्थकर खानपान तथा जिवनशैलीका कारण अहिले आम मानिसहरुमा पेटमा ग्यास भरिने अर्थात् पाद र डकार आउने जस्ता समस्या आम समस्या बनिरहेका छन् । पोषण विज्ञहरुका अनुसार मानिसका केही बानी व्यहोराहरु पेटमा ग्यास भर्नमाजिम्मेवार हुन्छन् । त्यसैले पेटमा ग्यास भरिनबाट रोक्नका लागि त्यस्ता आनीबानी तथा खानेकुराबाट बँच्नुपर्छ ।· खानेकुरालाई राम्रोसँग नचपाई खानाले खाना पच्नमा समय लाग्दछ । खाना राम्रोसँग नपचेपछि एसिड बन्न थाल्दछ र पेटमा ग्यास भरिन थाल्दछ । त्यसैले खानेकुरा खाँदा हडबडाउने र छिटो छिटो नचपाइकन निल्ने काम गर्नु हुँदैन ।राम्रोसँग चपाएर खानुपर्छ ।· निद्रा कम हुनाले पनि खानेकुरा अपच हुने समस्या पैदा हुन्छ । दिनमा ७ घण्टाभन्दा कम समयको निद्राले अपचको समस्या हुन्छ र यसले पेटमा ग्यास पैदा गर्दछ । त्यसैले पर्याप्त निद्रा लिनुहोस ।· व्यायाम, हिँडडुल तथा शारीरिक गतिविधि नगर्दा सरीरकोमेटाबोलिज्म धिमा हुन्छ । यसो हुँदा खानेकुरा ठीक ढंगले पच्न पाउँदैन र ग्यासको समस्या सिर्जना हुन्छ ।· लामो समयसम्म लगतार बसेर कम गर्नाले खाएको खाना राम्रोसँग पच्न पाउँदैन । यसले गर्दा पेटमा आवश्यकता भन्दा बढि अम्ल जम्मा हुन्छ र ग्यासको समस्या सिर्जना हुन्छ ।· सोडा तथा कोल्ड डि्रंक्समा कार्बनडाइअक्साइड उच्च मात्रामा पाइन्छ । यसले पेटमा गएर एसिड पैदा गर्दछ । त्यसैले कोल्ड डि्रंक्स तथा सोडापानी धेरै पिउँदा पनि पेटमा ग्यासको समस्या हुन्छ ।· भुजिया, समोसा जस्ता तारेको खानेकुराहरुमा चिल्लोको मात्रा अधिक हुन्छ । यो सजिलैसँग पच्न पाउँदैन र त्यसले पेटमा ग्यास उत्पादन हुन थाल्दछ । त्यसैले तारेको खानेकुराहरु धेरै खानु हुँदैन ।· बियर तथा वाइन धेरै पिउनाले पनि पेटमा ग्यासको समस्यापैदा हुन्छ । किनकी यी पेय पदार्थ पिउनाले पेटमा आवश्यकता भन्दा बढि एसिड उत्पादन हुन्छ । त्यसैले बढि बियर तथा वाइन पिउनु हुँदैन ।

No comments:

Post a Comment

watch first and then search