watch first and then search

watch first and then search

Tuesday, January 3, 2017

‘१८ घन्टा लोडसेडिङ गर्नेलाई कारबाही गर’कुलमानलाई काम गर्न देउ भन्दै प्रदर्शन गर्ने समातिए



काठमाडौं, १९ पुस । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङको नाममा राजधानीको माइतीघरमा प्रदर्शन गर्न खोज्ने ३८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

डीएसपी मनोहर भट्टका अनुसार पक्राउ पर्नेमा ३४ जना पुरुष र ४ महिला रहेका छन् । माइतीघरमा जम्मा भइ खार्पाचोक युवा क्लबको ब्यानरमा प्रदर्शनमा उत्रिएका उनीहरु कुलमान घिसिङलाई काम गर्न देऊ भन्दै सर्वोच्च अदालततर्फ अघि बढ्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो ।




‘निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि नियन्त्रणमा लिएका हौं,’ डीएसपी भट्टले दैनिक नेपालसँग भने( ‘अहिले सबै रिहा भइसकेका छन् ।’ नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेजको माग गर्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनका क्रममा उनीहरुले ‘सर्वोच्चको आन्तरिम आदेश खारेज गर’, ‘१८ घन्टा लोडसेडिङ गर्नेलाई कारबाही गर’ जस्ता नारा लगाएका थिए ।

No comments:

Post a Comment

watch first and then search