watch first and then search

watch first and then search

Wednesday, January 4, 2017

असह्य भएपछि राजपरिवार बैंककतर्फ



काठमाडौं, पुस २० – गणतन्त्र घोषणा हुनु अघि पोखराको रत्न मन्दिर र चितवनको दियालोबंगलामा हिउँदको समय बिताउने राजपरिवार त्यसपछि भने जाडो छल्नको लागि कहिले तराई त कहिले बैंकक पुग्न बाध्य छ ।

राजपरिवारका सबै सदस्य यतिबेला बैंककमा हुनुहुन्छ । जानकारीअनुसार पूर्वबडामहारानी कोमल, यूवराज्ञी हिमानी, नातिनी कृतिका र पूर्वनवयुवराज हृदयेन्द्र दुई हप्ताअघि नै बैंकक पुग्नुभएको हो ।
कोमलको छाती खराब भएका कारण चिसोले अत्यन्त सताउने हुदा जाडो महिनामा उहाँलाई काठमाडौं बाहिर जानुपर्ने बाध्यता छ ।

दरबार हत्याकाण्डमा लागेको गोलीले उहाँको छातीमा गम्भीर क्षती पुर्याएको थियो । अहिलेसम्म गोलीका छर्रा पर्ण रुपमा बाहिर निकाल्न नसकिएका कारण उहाँलाई चिसो महिनामा पीडा हुने गरेको बताइन्छ ।

यसपल्ट पनि चिसो बढ्दै गएपछि उहाँलाई असह्य पीडा भएको र त्यसपछि बैंकक जाने योजना बनेको खबर आजको घटना र चिार साप्ताहिकमा छ ।

No comments:

Post a Comment

watch first and then search