watch first and then search

watch first and then search

Wednesday, January 4, 2017

आधा फुट लामो कैची १८ बर्षसम्म पेटमै



अप्रेशन गर्दा हाम्रो पेटमा १५ सेन्टिमिटर लामो कैची छुट्यो भने के होला ? यो कुरा सोच्दा पनि जोसुकैको आङ सिरिङ्ग हुनसक्छ । अझ त्यो कैची १८ बर्षसम्म पेटमै रह्यो भने के होला ? यो त झन हामी सोच्नै सक्दैनौ । तर यो भियतनामका एक व्यक्तिले भोगेको कुरा हो ।

उत्तरी भियतनामको थाइ नुवेन प्रान्तका मा वान न्हात को जीवनमा यस्तै घटना घट्यो । भियतनाम एक्सप्रेस अखबारका अनुसार एक दुर्घटनामा परेका न्हान्तलाई हस्पिटल लगिएको थियो । त्यतिबेला उनको अल्ट्रासाउण्ड गर्दा डाक्टरले पत्ता लगाएकी उनको पेटमा केही लामो धारिलो वस्तु छ । दोहोर्याएर परिक्षण गर्दा उनको पेटमा १५ सेन्टिमिटर लामो कैची रहेको देखियो ।

न्हातले अखबारलाई बताए अनुसार सन १९९८ मा पनि एक दिन उनी दुर्घटनामा परेका थिए र एउटा सामान्य कान अस्पतालमा उपचार गराएका थिए सोही समयमा अप्रेसन गर्ने क्रममा डाक्टरले उनको पेटमा कैची छुटाएका हुन् ।

न्हातलाई वेलावलामा पेटमा असाध्यै पीडा हुने गर्थ्यो । अनेकौं औषधी सेवन गर्दा समेत राहत मिल्दैनथ्यो । भियतनामको स्वास्थ्य मन्त्रालयले कसले त्यसरी पेटमा कैची छुटायो भनी उक्त हस्पिटलमा छानबिन भइरहेको र एकहप्तामा रिपोर्ट सार्वजनिक गर्ने जानकारी दिएको छ ।

No comments:

Post a Comment

watch first and then search