watch first and then search

watch first and then search

Wednesday, December 14, 2016

रामेछापमा ट्रिपर दुर्घटना, ४ जनाको मृत्यु १ share गरी comment मा RIP लेखौ



रामेछाप । रामेछापको खाँडादेवी गाविसमा ट्रिपर दुर्घटना हुदा ४ जनाको ज्यान गएको छ । बा २ ख ६८८८ नम्बरको ट्रिपर लिसेपाटी र चोप्राङको बीच डाँडामा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै र १ जनाको उपचारका लागि सदरमुकाम मन्थली ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो । खाँडादेवी गाविसको चोप्राङमा मंगलबार साँझ पकरवास-गाल्पा सडकमा ग्राबेलिङको काम गरेर पात्लेमा रहेको क्याम्पमा जाने क्रममा ट्रिपर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेहरुमा सिन्धुपाल्चोक घर भएका वर्ष ३० का ट्रिपर चालक कुमार बिक, सिन्धुली भिमान घर भएका २३ वर्षका रुपेश भण्डारी, सर्लाही घर भएका २२ वर्षका बिकास पौडेल र ललितपुर चापागाउँ घर भएका वर्ष ३५ किरण डाँगी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रेम जोसीले जानकारी दिए ।


किरण डाँगी बा २ क १०३८ नमबरका अर्का ट्रिपर चालक हुन् भने रुपेश भण्डारी जेसीभी हेल्पर हुन् । दुर्घटनामा ज्यान गुमाएका परिवारहरु सबै सम्पर्कमा नआएका कारण समस्या भएको सडकको काम गरिरहेको अनक कम्पनीका ठेकेदार केशव प्रधानले बताए । अहिले शव पोष्टमार्टमका लागि सदरमुकाम मन्थली ल्याइएको छ ।

No comments:

Post a Comment

watch first and then search