चीनले अमेरिकालाई अफठ्यारो पार्ने ब्यापारिक नीति अख्तियार गरिरहेको आरोप लगाउने ट्रम्पले अव अमेरिका ‘एक चीन नीति’ मा प्रतिबद्ध रहन नसक्ने बताइसकेका छन् ।बेइजिङमा कडा विरोध भएपनि ट्रम्पले ताइबानलाई चीनको भूभाग मान्न ट्रम्पले अस्वीकार गर्दै करिव ४ दशक पुरानो अमेरिकी नीतिमाथि पुनर्विाचार गर्ने संकेत दिएका छन् ।
ताइवानलाई चीनले आफ्नो अभिन्न भूभाग मान्दै आएको छ ।डोनाल्ड ट्रम्पले निहुँ खोज्ने संकेत गरेपछि चीनले पनि कडा सन्देश फर्काइसकेको छ । ट्रम्पले अमेरिका एक चीन नीतिमा बाँधिन बाध्य नरहेको भन्दै उग्र अभिब्यक्ति दिए लगत्तै चीनले दक्षिण चीन सागरमा बम्बर विमान उडएको थियो ।
अमेरिकाले सन् १९७९ देखि ताइबानमाथि चीनको नीतिको सम्मान गर्दै आएको भएपनि पछिल्लो पटक ट्रम्पले त्यहाँका राष्ट्रपतिलाई चुनाव जितेकोमा बधाइ दिएका थिए । यसको विरोधमा बेइजिङमा ट्रम्पविरुद्ध प्रदर्शन नै भएको थियो ।
ट्रम्पले भने चीनले दक्षिणी चाइना सागरमा देखाइरहेको आक्रामक गतिविधीप्रति आपत्ति जनाउँदै ट्वीट गरेका थिए । अमेरिकाले सन् १९७२ यता एक चीन नीति मान्दै आएको छ । तत्कालीन चिनियाँ कम्युनिट पार्टीका अध्यक्ष माओत्से तुङ र अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनबीच भएको वार्तापछि अमेरिका एकचीन नीतिमा प्रतिबद्ध रहँदै आएको छ ।
तर ट्रम्पले भने अव एकचीन नीतिमा बाँधिन अमेरिका बाध्य नरहेको बताउँदै आएका छन् । ट्रम्पको पछिल्लो नीतिले विश्वका २ शक्ति राष्ट्रबीच भयानक टकराव उत्पन्न हुने र युद्धको अवस्था पनि आउन सक्ने विश्लेषण गरिएको छ ।
No comments:
Post a Comment