watch first and then search
watch first and then search
Friday, December 2, 2016
यमनबाट भिषण आक्रमणः साउदी सेनाको अखडा ध्वस्त
यमनी क्षेत्रबाट भएको आक्रमणमा परी साउदी अरवमा सेनाको अखडा ध्वस्त भएको छ ।साउदी सेनाले आफ्नो देशमा गरिएको सैनिक कारवाहीको जवाफमा यमनी क्षेत्रबाट भएको आक्रमणमा साउदी अरवको दक्षिणी क्षेत्रको सैनिक अखडा ध्वस्त भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
फार्स समाचार एजेन्सीका अनुसार साउदी अरवको दक्षिणी नजरान क्षेत्रमा रहेको हम्माद सैनिक छाउनीमा आक्रमण भएको हो । आक्रमणमा सैनिक अखडा ध्वस्त भएको बताइएको छ ।
यमनी सेनाका निशानेवाजहरुले जिजान भन्ने स्थानमा रहेको सैनिक अखडामा पनि थुप्रै सैनिकको ज्यान जाने गरी भिषण आक्रमण गरेका छन् । उता साउदी सेना र स्वयं सेवकहरुले पनि जवाफ हमलामा १० आक्रमणकारी निशानेवाजको मृत्यु भएको बताइएको छ ।
यमनको सेनाले पूर्वोत्तर सनआ र नेहम सहरमा साउदी एजेन्टले गरेको आक्रमण विफल तुल्याएका छन् । यही कारवाहीमा साउदी अरवका १० एजेन्ट मारिएका छन् ।
आक्रमण र प्रत्याक्रमणबीच भिषण युद्ध चर्किने संकेत देखिएपछि यमनको मामिला हेर्ने राष्ट्रस्घीय विशेष दुत इस्माइल बलद शेखले राजिनामा दिइसककेका यमनी राष्ट्रपति मन्सुर हादीसँग कुराकानीका लागि अदन पुगेका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment