watch first and then search
watch first and then search
Friday, December 2, 2016
ट्रक दुर्घटना हुँदा रातभर पूर्वपश्चिम राजमार्ग अवरुद्ध
मोरङको सुन्दरदुलारी नगरपालिका स्थित गछिया खोलाको पुलमा ट्रक दुर्घटना हुँदा रातिदेखि विहान सम्म पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । दुर्घटनामा परेको ना ४ ख २३०४ नम्बरको ट्रक सडकमै तेर्सिएपछि दुबैतर्फ सवारी आवागमन ठप्प भएको प्रहरिले जनाएको छ। राति साढे ११ बजेबाट विहान ६ बजे सम्म सवारी आवागमन प्रभावित बनेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिए ।
क्रेन र जेसिभीको सहायताले नेपाल र सशस्त्र प्रहरीले विहान ६ बजे मात्र राजमार्ग सूचारु गर्न सफल भएको निरीक्षक थापाले बताए । विराटनगरबाट मैदा लोड गरेर झापातर्फ जाँदै गरेको ट्रक पुलको बारमा ठोक्किएर दुर्घटनामा परेको हो । अत्यधिक मादक पदार्थ सेवन गरेका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ। दुर्घटनामा कुनै मानविय क्षति नभए पनि राजमार्गमा सवारी आवगामन पूर्ण रुपमा प्रभावित बनेको थियो । ट्रकका चालक नरकुमार मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी विरुद्ध सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्धा दर्ता गर्न थापाले बताए।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment