watch first and then search

watch first and then search

Friday, December 2, 2016

मन्त्रिको राजीनामा माग, जिल्ला छिर्न नदिने चेतावनी



पाँच नम्बर प्रदेश टुक्राउन हुँदैन भनेर यस क्षेत्रका सारा जनताले विरोध गरिरहँदा रुपन्देहीबाट निर्वाचित भई हालको मन्त्रिपरिषदमा रहेका रक्षामन्त्री बालकृष्ण खाँड र आपूर्तिमन्त्री दिपक बोहरा कता हराए भनेर जनताले खोजी गर्न थालेका छन् ।

आज शुक्रबार बुटवलमा हजारौँ जनसहभागितालाई एमाले नेताहरु वामदेव गौतम, विष्णु पौडेल, घनश्याम भुषाल, प्रदीप ज्ञवाली र सरकार सम्बद्ध माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझी र कांग्रेसका नेता चन्द्र भण्डारीले सम्बोधन गरिरहँदा रुपन्देहीबाट निर्वाचित बालकृष्ण खाँड र दिपक बोहरा जनताको पक्षमा एक शब्द पनि उच्चारण नगरी काठमाडौमै हराउँदा जनता आक्रोशित बनेका छन् ।

खाँड र बोहराको निर्वाचन क्षेत्र रुपन्देही २ (भैरहवा), ३ (मणिग्राम)मा ३ दिनदेखि आन्दोेलन चर्किएको छ । आन्दोलनकारीहरुले मन्त्री खाँड र बोहराले जनभावनाको कदर गर्न नसकेको भन्दै राजिनामा समेत माग गरेका छन् । र, जिल्ला छिर्न नदिने चेतावनी दिएका छन् ।

No comments:

Post a Comment

watch first and then search