watch first and then search

watch first and then search

Friday, December 2, 2016

मेलम्चीमा खन्दा खन्दै सुन जस्ताे पहेलाे धातु भेटीयाे : खन्ने कामै छाडेर शुरक्षामा तैनाथ



मेलम्ची आयोजनाको सुरूङ मार्ग खन्‍न क्रममा सुन जस्तै एउटा धातु भेटिएको छ। बिहीबार सुरूङमार्गमा पर्ने ‘हेडोक्स एरिया’मा सुन जस्तै पहेँलो वस्तु भेटिएको हो । सुन जस्तै एउटा धातु भेटिएपछि आयोजनाको काम तत्कालको लागि रोकिएको छ।



सो वस्तु धातु रहेको आशंका गर्दै खानी तथा भूगर्भ विभागको टोलीलाई चेक जाँचको लागि काठमाडौं पठाइएको छ। सिन्धुपाल्चोकको हेलम्बू गाविस स्थित ‘रि वर्मा’ भन्ने खोल्सामा पहरो काट्ने क्रममा त्यस्तो वस्तु भेटिएको स्थानीयले बताएका छन्। मेलम्ची आयोजनाले उक्त क्षेत्रमा काम रोकेर सुरक्षा व्यवस्था कडा बनाएको छ।

आयोजनाको ‘पाईराईट वे’ मा भेटिएको यस्तो पदार्थ सुन तथा तामा जन्य धातु हुनसक्ने र यस्तो भएको खण्डमा स्थानीयको भीड लाग्न सक्ने भएकोले नेपाली सेना र नेपाल प्रहरीलाई सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिईएको हो।

No comments:

Post a Comment

watch first and then search