watch first and then search

watch first and then search

Wednesday, December 14, 2016

यी कारणले गर्दा प्रचण्डकै कारण सकिँदै माओवादी देशभरका प्रभावशाली नेता एमालेतिर (एक एकको नामसहित)



यी कारणले गर्दा प्रचण्डकै कारण सकिँदै माओवादी

काठमाडौं, २९ मंसिर । प्रचण्डका कारण माओवादी पार्टी धराशायी बन्ने अवस्थामा पुगेको भनी उक्त पार्टीका नेताहरूले गम्भीर चिन्ता प्रकट गर्न थालेका छन् । संविधान संशोधन प्रस्तावबारे पार्टीमा छलफल नचलाएको र राष्ट्रियता तथा राष्ट्रियता एकतामा दूरगामी क्षति पु¥याउने प्रकारले संविधान संशोधनको अन्तर्वस्तु तर्जुमा गरेको भन्दै पार्टीका प्रभावशाली नेताहरू प्रचण्डप्रति असन्तुष्ट बन्न पुगेका हुन् । टोपबहादुर रायमाझीलगायत हाल पाँच नम्बर प्रदेशको रूपमा चिनिएको क्षेत्रभित्रका माओवादी नेता तथा कार्यकर्ता पार्टी परित्याग गर्नेसम्मको निर्णयमा पुगेका छन् । संविधान संशोधनको पक्षमा प्रचण्डले दृढता प्रकट गर्दै जाँदा माओवादीभित्रको चिरा बढ्दै गएको छ ।

सुदूरपश्चिमका चर्चित एवम् प्रभावकारी नेता लेखराज भट्ट प्रचण्डका कारण पार्टी छोड्ने निष्कर्षमा पुगेका छन् । रायमाझी र भट्टका अलावा खगराज भट्ट, भीम कडायत, जगत पार्की र सुन्दर रेग्मीले पनि माओवादी पार्टी परित्याग गर्नुपर्ने मानसिकता बनाएका छन् । सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा प्रचण्डपुत्री रेणुका मितिनी रेणु चन्द (बैतडी) र दीपक साउद (अछाम) बाहेक सबैजसो नेता र कार्यकर्ताले पार्टी छोड्ने निर्णय गर्न लागेको जानकारी प्राप्त भएको छ । बेलाबखत उट्पट्याङ गरेर चर्चामा आइरहने नेता गोपाल किरातीले पनि प्रचण्डलाई राजीनामा बुझाएर चुपचाप बसिरहेका छन् । किराती असन्तुष्ट बन्नुको कारण खुलेको छैन, तर उनले पनि प्रचण्डसँग नै असन्तुष्ट भएर राजीनामा दिएको बताइन्छ । पार्टी परित्याग गर्ने तयारीमा रहेका माओवादी नेता र कार्यकर्तामध्ये कतिपयले एमाले नेतासँग र कतिले त नेपाली काङ्गे्रसका नेतासँग छलफल चलाइरहेको बुझिएको छ । केही युवानेता र कार्यकर्ताचाहिँ विप्लव (नेत्र विक्रम) नेतृत्वको माओवादी पार्टी र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा सामेल हुने तयारीमा रहेको बताइन्छ ।

सुदूरपश्चिममा माओवादीप्रतिको वितृष्णा जुनस्तरमा प्रकट भएको देखिँदै छ, यही अवस्था कायम रहेमा पूरै सुदूरपश्चिममा माओवादीका कुनै पनि उम्मेदवारले जमानत बचाउन सक्ने ठानिँदैन । त्यसो त कदाचित संसदीय निर्वाचन हुनसक्यो भने माओवादीले बढीमा सात स्थानमा मात्रै विजय हासिल गर्न सक्ने सम्भावना देखिएको छ । रुकुमका जनार्दन शर्मा प्रभाकर, जाजरकोटका शक्तिबहादुर बस्नेत, रोल्पाका कृष्णबहादुर महरा, सिन्धुलीका हरिबोल गजुरेल, अर्घाखाँचीका टोपबहादुर रायमाझी, रौतहटका प्रभु साह र सिन्धुपाल्चोकका अग्नि सापकोटालाई सम्भाव्य विजयी व्यक्तिका रूपमा लिइन्छ ।

जहिलेसुकै निर्वाचन भए पनि अध्यक्ष प्रचण्डले सहज विजय प्राप्त गर्न सक्ने ठानिएको छैन । प्रचण्ड यतिबेला सर्वाधिक अलोकप्रिय नेताको कोटिमा परेका छन् । टोपबहादुर रायमाझी आउँदो चुनावसम्म प्रचण्डसँग एउटै पार्टीमा रहने सम्भावना कमै मात्र छ । माओवादी पार्टीमा नारायणकाजी श्रेष्ठ र गिरिराजमणि पोखरेलजस्ता नेताहरू पनि प्रचण्डको सोच र व्यवहारका कारण असन्तुष्ट बन्नुपर्ने अवस्था पैदा भएको छ । पार्टीमा बौद्धिक, परिपक्व र दूरदर्शी नेताका रूपमा चिनिने श्रेष्ठ र पोखरेल यतिबेला माओवादीलाई छोड्न पनि नसक्ने र बसिरहन पनि नसक्ने अवस्थामा रहेको बताइन्छ । पार्टी सिद्धान्तच्यूत भएकोले यसरी प्रभावकारी नेताहरू असन्तुष्ट बनेका भए पनि वैद्य समूह छोडेर माओवादीमा फर्किएका रामबहादुर थापा बादल र पम्फा भुसाललगायतले भने प्रचण्डलाई आँखा चिम्लिएर साथ दिएका छन् । वैचारिक असहमति जनाएर प्रचण्डसँग एकपटक ‘छुट्टी भिन्न’ भएका बादल र पम्फा भुसालहरू अहिले आश्चर्यजनक ढङ्गले प्रचण्डको पिछलग्गु भूमिकामा सीमित हुन पुगेका छन् । घटना र विचार साप्ताहिकमा समाचार छ ।

No comments:

Post a Comment

watch first and then search