watch first and then search

watch first and then search

Wednesday, December 14, 2016

रुसले भारतसँग बदला लिने भन्दै दियो यस्तो चेतावनी , संकटमा मोदी



काठमाडौं २९ मङ्सिर – पाँच सय र एक हजारका भारतीय रुपैयाँमा लगाइएको प्रतिबन्धको रूसले कूटनीतिक रूपमा विरोध गर्दै आफूले पनि यसको बदला लिने चेतावनी दिएको छ । उक्त प्रतिबन्धबाट दिल्लीस्थित आफ्ना कूटनीतिज्ञलाई अभाव सामना गर्नुपरेको बताउँदै उसले यस्तो चेतावनी दिएको हो ।


नयाँदिल्लीस्थित रूसी दूतावासमा २०० कूटनीतिज्ञ कार्यरत छन् । रूस सरकारले नोटमा प्रतिबन्ध लगाएपछि दूतावासका लागि ६० हजार भारतीय रुपैयाँमात्र निकाल्न दिएर अन्तर्राष्ट्रिय आचारसंहिता उल्लंघन गरेको बताएको छ ।
भारतका लागि रूसी राजदूत एलेक्जेन्डर कदाकिनले २ डिसेम्बरमा भारतीय विदेश मन्त्रालयलाई यस विषयमा पत्र लेखी विरोध जनाएका थिए । दूतावासले भारत सरकारबाट यसको जवाफ पर्खिरहेको जानकारी दिइएको छ । रूस सरकारले यसको विरोधमा मस्कोस्थित भारतीय राजदूतलाई बोलाएर असन्तुष्टि व्यक्त गर्ने अनुमान गरिएको छ ।
कदाकिनले मन्त्रालयलाई लेखेको चिठ्ठीमा भारत सरकारले तोकेको रकमले दूतावासको खर्च चलाउन असम्भव भएको उल्लेख छ । उक्त रकम सामान्य खालको डिनरका लानि पनि नपुग्ने उल्लेख गरेको जनाइएको छ । रूसी राजदूतले पत्रमा प्रश्न गरेका छन्, ‘दिल्लीमा रहेको यति ठूलो दूतावासले रकम अभावमा कसरी काम गर्न सक्छ ?’
भारतीय अर्थ मन्त्रालयले यस विषयमा कुनै पनि टिप्पणी गरेको छैन । मुद्रामा लगाइएको प्रतिबन्धका कारण दूतावास, विदेशी नागरिक र पर्यटकलाई निकै ठूलो समस्या उत्पन्न भएको छ । केन्द्र सरकारले ८ नोभेम्बरमा ती नोटमा प्रतिबन्ध लगाएको थियो ।

No comments:

Post a Comment

watch first and then search