मोबाइल बैंकिङले सबैलाई सजिलो बनाइदिएको छ । तर, भारतमा भने यसले एक चिया व्यापारीलाई तनाव दिएको छ । भारतको जयपुरमा चिया पसल सञ्चालन गरी बसेका एक व्यक्तिको मोबाइलमा अचानक ४ करोड ८० लाख रुपैयाँ बैंक खातामा भएको सूचना आएपछि उनले तनाव झेल्नु परेको हो ।यसरी यत्ति धेरै रकम जम्मा भएको सूचना मोबाइलमा आएपछि उनी स्वयम् अचम्ममा परे। उनलाई राज्यको नियकाले दुःख दिनथालेपछि झन बढी अचम्ममा परे ।
सोही सन्देशका कारण सामान्य चिया पसल गरेर बसेका उनको दैनिकिमा अप्रत्याशित संकट आइपर्यो ।
यथार्थ भने अलि फरक थियो । चिया पसले राजकुमारले केही दिनअघि ४८ हजार रुपैयाँ आफ्नो खातामा जम्मा गरेका थिए। उनले जम्मा गरेको रकम ४८ हजार मात्र हो भन्ने कुरामा उनी विश्वस्त छन् । तर, बैंकको प्राविधिक कमजोरीले उनको खातामा ४८ हजार हुनुपर्नेमा ४ करोड ८० लाख हुन पुग्यो ।
यो गल्तीपछि आमसञ्चार माध्यममा समाचार सार्वजनिक भएपछि बैंकको तिव्र विरोध भयो । बैंकले भुल सुधार गरेपनि चियापसले राजकुमारलार्य प्हरीले भने पक्राउ गरेर घन्टौँसम्म सोधपुछ गरेको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार चिया व्यपारीलार्य राजस्व विभागका अधिकारीले ५ घन्टासम्म सोधपुछ गरेका थिए । बैंका एक अधिकारीले भने सफ्टवेयरमा आएको गढबढीका कारण उक्त समस्या आइपरेको र त्यसलाई सुधार गरिएको बताएका छन्।
No comments:
Post a Comment