– अनिल खत्री
गुल्मी, २७ मंसिर । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एबं गुल्मी क्षेत्र नं. २ का संसद चन्द भण्डारीले पाँच नम्बर प्रदेशका पहाडी जिल्ला हुने गरि ल्याइएको संशोधन प्रस्ताव कुनै पनि हालमा पारित नहुने बताए ।
गुल्मीको दसरमुकाम तम्घास सम्पन्न बिशाल जनसभालाई सम्बोधन गर्न गुल्मी पुगेका नेता भण्डारीले संबिधान संशोधन प्रस्ताव दर्ता हुनेदिनबाटै पाँच नम्बर प्रदेशका जनता आन्दोलनमा उत्रिएकाले यो पारित हुने संभावना नरहेको बताए ।
यो बिधेकको बिरुद्धमा गुल्मी, पाल्पा, अर्घाखाँची, रुपन्देही लगायतका जिल्लाहरुमा चलिरहेको आन्दोलनले पनि तराइ र पहाड अलग हुनुहुदैन भन्ने सन्देश दिएको उनले बताए । तराई र पहाड घर र बेसीको युगौ युगदेखिको सम्बन्ध रहेकोले तराइबाट पहाड अलग हुनै नसक्ने बताए । गुल्मी पाल्पा अर्घाखाँचीका अधिकांश जनताको बसोवास तराइसंग जोडिएकाले पनि यो सम्बन्धलाई कायम राख्नका लागी आफू लागी पर्ने नेता भण्डारीले जोड दिए ।
गुल्मीमा चलिरहेको अनिश्चित कालिन बन्दको १३ औं दिनको बिशाल जनसभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सचिव प्रदिप ज्ञवालीले सरकारले संसदमा पेस गरेको संशोधन बिधेक कुनै पनि हालतमा पारित हुन नदिने दाबी गर्नुभयो ।
तराईबाट पहाड छुटाईदै छ भन्ने सन्देस आउनु पूर्व जनता सड्कमा उत्रिएकाले यो कुनै पनि हालतमा पारित हुनै नसक्ने नेता ज्ञवालीको भनाई छ । जनचाहन बिपरित ल्याइएको बिधेक तत्कालै खारेज गरेर देसलाई अनिर्णयको बन्दीबाट फुकाउन सरकारलाई आग्रह गरे । नेता ज्ञवालीले बर्तमान सरकारले बिवादै नभएको पाँच नम्बर प्रदेसका पहाडी जिल्लालाई अलग गरि बिवाद सृजना गरेकाले पाँच नम्बर बासीका जनतालाई मान्य नहुने बताए । नेता ज्ञवालीले मिलेर बसेका समाजलाई बिखण्डन तर्फ लैजानको लागी प्रधान मन्त्रीज्यू तपाइलाई कसले आदेस दियो प्रतिप्रश्न गरे । ज्ञवालीले पाँच नम्बर प्रदेसको् मात्रै हैन अन्य प्रदेसमा पनि तराइ,पहाड,हिमाल अलग नहुने बताए । अर्को एक प्रसंगमा नेकपा एमाले संबिधा कार्यन्व्यनमा दिडताका साथ लागी पर्ने बताए ।
कार्यक्रममा संसद कमला बिश्वकर्मा, गुल्मी, पाल्पा, अर्घाखाँची का बिभिन्न पार्टीका शिर्ष नेताहरुले पनि युगौं यूगदेखिको सुमधुर सम्बन्धलाई कायम राख्नका लागी पहाड र तराई कुनै पनि हालतमा अगल नहुन दिन आफुहरु लागी परिरहेको बताए । गुल्मीको सदरमुकाम तम्घासमा बृहत र्याली गरि चिदीचौरमा बृहत जनसभा सम्पन्न भएको छ । जनसभामा जिल्लाका बिभिन्न स्थानबाट हजारौंको संख्यामा जनसहभागिता रहेको थियो । कार्यक्रमा लोक तथा दोहोरी गित प्रतिष्ठान गुल्मीका कलाकारहरुले साँस्कृतिक कार्यक्रममा मार्फत सरकारलाई बिधेक फिर्ता गराउन दबाव दिएका थिए ।
लगातार १३ दिनदेखि गुल्मी अनिश्चित बन्द
अनिश्चित कालिन बन्दले गुल्मीको जनजिवन कष्टकर बनेको छ । सरकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएको बिरोधमा गुल्मीमा १३ दिन देखि अनिश्चित कालिन बन्दले जनजिवन कष्टकर बन्दै गएको छ । बन्दकर्ताले बिहानै देखि बन्दा गराउदै हिडनाले जिल्लाको सदरमुकाम तम्घास सगै ग्रामीण भेगका मुख्य बजार,कलकारखाना तथा जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन छुटेका छैनन् ।
जिल्लाको सदरमुकाम तम्घास सहित बलेटक्सार, रिडी, खैरेनी, शान्तिपुर, मजुवा, भुवाचिदी, वामीटक्सारका मुख्य बजारमा पनि बन्दकर्ताले बन्द गराउदै आएका छन् । विरोध कार्यक्रममा ‘सिमाङ्ककन हेरफेर गर्न पाइँदैन, पाँच नम्बर प्रदेश टुक्राउन पाइँदैन, राष्ट्रघाति प्रस्ताव फिर्ता गर, हाम्रो आन्दोलन जारी छ, जस्ता नाराहरु लगाउँदै बिरोध गरिरहेका छन् । संबिधान संसोधनमाको बिरोधमा गुल्मीमा सोमवार पनि सरकारी कार्यलयमा कामकाज ठप्प पार्न धर्ना दिईरहेका छन् । अन्दोलनरत उद्योग वाणिज्य संघ, स्थानिय राजनितिकदल, बिभिन्न बिद्यार्थी संगठन, पत्रकार महासंघ,लोक दोहोरी प्रतिष्ठान, नागरिक समाज लगायत स्थानिय बासीले जिल्ला प्रशासन कार्यालय गुल्मी र जिल्ला बिकास समितिको कार्यालयमा धर्नादिदै आएका छन् ।
आन्दोलनका कारण गुल्मीमा भने कुनै पनि बिद्यालयहरु बन्द गरिएको छैन् । गुल्मीको आन्दोलनमा उद्योग वाणिज्य संघ सहित, नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चा, अखण्ड नेपाल, नयाँ शक्ति, परिवार दल लगायत ११ दलको समर्थन र ऐक्यबद्धता रहँदै आएको छ । सरकारले ५ नं. प्रदेश टुक्र्याउने प्रस्ताव संसदबाट फिर्ता नल्याएसम्म सबै दल एकताका साथ अघि बढ्ने निर्णय भएको संयुक्त आन्दोलन समिति गुल्मीका अध्यक्ष भुवन प्रसाद श्रेष्ठले बताए । बिरोध स्वरुप गुल्मीमा आइतवार राति तम्घास देखि रिडी सम्म ४२ किलोमिटरमा रिले मसाल जुलुस सम्पन्न भएको छ ।
No comments:
Post a Comment