watch first and then search

watch first and then search

Monday, December 12, 2016

११ फिल्म फ्लप भएपछि चम्केका अमिताभ

भारतीय ‘सुपरस्टार’ अमिताभ बच्चनबारे धेरै जानकारी बाहिर आइसकेका छन् । इलाहाबादमा जन्मेर नैनीताल तथा दिल्लीमा पढेका अमिताभले सुरुवाती दिनमा धेरै ‘रिजेक्सन’ झेल्नुप¥यो । पहिले उनी इन्जिनियर अथवा सैनिकमा सामेल हुन चाहन्थे, तर समयसँगै उनी अभिनयमा लागेर स्थापित भए । दिल्लीमा पढाइ पूरा गरेपछि अमिताभले पहिलो जागिर कोलकात्ताको ‘सपिङ फर्म’मा काम गरे । त्यहाँ उनको सुरुवाती तलब पा“च सय रुपैयाँ थियो । धेरै तलब पाउने भएपछि उनले छोटो समयमै आफ्नो काम बदले । ‘ब्रोकर’ भएर जागिर खाएपछि उनको अन्तिम तलब १६८० भारतीय रुपैयाँ भयो । त्यही जागिर खाँदा अमिताभले कोलकत्तामै फिएटको ‘सेकेन्ड ह्यान्ड’ गाडी किने । तर, त्यो जागिरले पनि उनलाई सन्तुष्टि दिएन । भारतको राष्ट्रिय रेडियो ‘अल इन्डिया रेडियो’मा समाचारवाचकका रूपमा काम गर्न अमिताभले आवेदन दिए । प्रारम्भिक परीक्षामा पास भएका अमिताभ ‘भ्वाइस टेस्ट’पछि फालिए । सन् १९६९मा फिल्म ‘सात हिन्दुस्तानी’मा अभिनय गरेपछि अमिताभको चर्चा हुन थाल्यो । त्यो फिल्मबाट अमिताभले एक हजार भारतीय रुपैयाँ पारिश्रमिक पाएका थिए । तर, यो र यसपछि अमिताभले अभिनय गरेका ११ फिल्म पनि ‘फ्लप’ भए । उनको पहिलो ‘हिट’ फिल्म ‘जंजिर’ हो, जुन सन् १९७३मा ‘रिलिज’ भएको थियो । अमिताभको सबैभन्दा प्रिय ‘स्क्रिन नेम’ विजय हो । २० भन्दा बढी फिल्ममा उनको यही नाम छ । बलिउड अभिनेतामा अमिताभ सबैभन्दा अग्ला अभिनेता हुन् ।

No comments:

Post a Comment

watch first and then search