watch first and then search

watch first and then search

Friday, December 9, 2016

उदयपुरमा बस दुर्घटना:’तीनको मृत्यु,२६ जना घाइते,दुईको अवस्था गम्भीर’



उदयपुर ।उदयपुरको लेखानी ५ भदौरेमा बस दुर्घटनामा हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । खोटाङको हलेसीबाट दर्शनगरी सप्तरी तर्फ फर्कदै गरेका दर्शनार्थी सवार ना ४ ख ३६२० नम्बरको बस भदौरेमा सडकबाट ५० मिटर तल खसेको थियो ।

घटनामा मधुपट्टी ६ सप्तरीका ३३ बर्षीया कुशुमदेवी राम र मधुपट्टी ७ सप्तरीका ६० बर्षीया सरस्वतीदेवी रामको मृत्यु भएको छ । अन्य एकको सनाखत हुन बाकी रहेको प्रहरीले जनाएको छ । बसमा सवार ४२ जना मध्ये १० जना सकुसल रहेको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरीक्षक चिरन्जीवि कोइरालाले जानकारी दिए ।


घटना लगत्तै इप्रका कटारीको टोलीले उद्धार कार्य गरिरहेको प्रनाउ कोइरालाले जानकारी दिए, घटना बसमा सवार दिपेश राम र चालक ललन पासवान गम्भीर घाईते भएका छन्, बाँकी घाइतेलाई थप उपचारको लागि कटारी अस्पतालमा पठाईएको प्रहरीले जनाएको छ ।

गम्भीर अवस्थाका दुई जना घाइतेलाई उपचारका लागि धरानको घोपा अस्पताल रिफर गरिएको छ । अन्य २४ जनाको भने जिल्लास्थित कटारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।घाइतेहरु अधिकांशको टाउको र हातखुट्टामा चोट लागेको छ ।

No comments:

Post a Comment

watch first and then search