


घटनामा मधुपट्टी ६ सप्तरीका ३३ बर्षीया कुशुमदेवी राम र मधुपट्टी ७ सप्तरीका ६० बर्षीया सरस्वतीदेवी रामको मृत्यु भएको छ । अन्य एकको सनाखत हुन बाकी रहेको प्रहरीले जनाएको छ । बसमा सवार ४२ जना मध्ये १० जना सकुसल रहेको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरीक्षक चिरन्जीवि कोइरालाले जानकारी दिए ।
घटना लगत्तै इप्रका कटारीको टोलीले उद्धार कार्य गरिरहेको प्रनाउ कोइरालाले जानकारी दिए, घटना बसमा सवार दिपेश राम र चालक ललन पासवान गम्भीर घाईते भएका छन्, बाँकी घाइतेलाई थप उपचारको लागि कटारी अस्पतालमा पठाईएको प्रहरीले जनाएको छ ।
गम्भीर अवस्थाका दुई जना घाइतेलाई उपचारका लागि धरानको घोपा अस्पताल रिफर गरिएको छ । अन्य २४ जनाको भने जिल्लास्थित कटारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।घाइतेहरु अधिकांशको टाउको र हातखुट्टामा चोट लागेको छ ।
No comments:
Post a Comment