जर्जियाको एटलान्टास्थित जेर्फसन काउन्टीमा अठार पााङग्रे ट्रकसँग ठोक्किदा कारमा सवार गुल्मी घर भई हाल काठमाडौं अनामनगर बस्ने चिरन्जीवी खनाल, उनकी पत्नी श्यामा, बुहारी ऋचा खनाल र प्रतिमा सुवेदीको मृत्यु भएको हो । सुवेदी, खनालका कान्छा छोराकी प्रेमिका भएको बताइएको छ ।
दुर्घटनामा खनालका छोराद्वय समीर र सुवासको स्थानीय अस्पतालमा उपचार भईरहेको छ । जेर्फसन काउन्टीका अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमका अनुसार ट्रक चालकले सडकमा अकस्मात अगाडी देखिएको कारलाई बचाउन खोजे पनि दुर्घटना भएको थियो । ट्रक चालक सामान्य घाइते भएका छन् । खनाल परिवारले भर्जिनियामा तिहार मनाएका थिए ।
No comments:
Post a Comment