watch first and then search

watch first and then search

Monday, November 7, 2016

सोमालियामा भएको झडपमा पच्चीस सैन्य लडाकूको मृत्यु



मोगादिसु (सामोलिया), २२ कात्तिक । सोमालियाको गाल्कायो क्षेत्रमा भएको झडपमा परी कम्तिमा २५ सैन्य लडाकूको मृत्यु भएका यहाँको सेनाले जनाउको छ । सोमालियाली गाल्कायो सहर क्षेत्रमा पुन्टल्यान्ड र गाल्मुडग प्रतिद्वन्द्वी समूहबीच भएको भिडन्तमा पुन्टल्यान्डका सैन्य बलतर्फ १२ जनाको मृत्यु भएको र १० जना घाइते भएको पुन्टल्यान्ड कमान्डर जुमाले जामा टकारले बताउनुभयो ।

त्यसैगरी सोही भिडन्तमा अर्को सशस्त्र समूह गाल्मुडगतर्फ १३ जना सैन्य लडाकूको मृत्यु हुनुका साथै २० जना अन्य घाइते भएको गाल्मुडग कमान्डर अब्दिराहमन उजीले बताउनुभयो ।

No comments:

Post a Comment

watch first and then search